३ असोज, काठमाडौँ : नेपाली कांग्रेसले समानुपातिक तर्फका उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वको टोली आयोगको कार्यालय पुगेर बन्द सूची बुझाएको हो।
महामन्त्री शर्मासहित कांग्रेसका सहमहामन्त्रीहरू भीष्मराज आङदेम्बे, महालक्ष्मी उपाध्याय ‘डिना’, जीवन परियारलगायत नेताहरू बन्द सूची बुझाउन आयोग पुगेका थिए।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आयोगले दलहरूलाई समानुपातिक तर्फको बन्द सूची बुझाउन असोज २ र ३ गतेको समय निर्धारण गरेको थियो।
बन्द सूची पेश गर्ने आज अन्तिम दिन भएकाले निर्वाचन आयोगको कार्यालयमा विभिन्न राजनीतिक दलका नेताहरुको भीड लागेको थियो । आजै माओवादी केन्द्र, नेकपा एमाले, जसपा लगायतका दलहरुले बन्द सूची बुझाएका छन् ।
























