भारतीय सवारी साधनलाई खुशीको खबर : भोलिबाट सुविधा खुल्यो, प्रवेश नाकाबाट सबैभन्दा नजिकको बजारसम्म जान पाउने

A notice in Nepali from Mechinagar Ward No. 10

९ असोज, काँकरभिट्टा : नोवल कोरोना भाइरस कोभिड १९ को पहिलो कहरसँगै २०७६ साल चैत १ गतेबाट बन्द भएको भारतीय सवारी साधनले सुविधा भोलिदेखि पाउने भएका छन् । जिल्लास्थित उद्योगी व्यवसायीहरुको संघ संगठनले सुविधा खुला गर्न मेची भन्सार कार्यालय काँकरभिट्टामा आग्रह गर्दै आएका थिए । सोही आग्रह अनुसार भारतीय सवारी साधनले पाउने सुविधा सोमबारबाट खुला गरिएको प्रमुख भन्सार अधिकृत केशवप्रसाद ओलीले बताउनुभयो ।

‘सुविधा बन्द हुदाँ धेरैलाई समस्या रहेछ’ प्रमुख भन्सार अधिकृत ओलीले भन्नुभयो —‘मेची उद्योग वाणिज्य संघ, नेपाल एसाेसिएसन फर टुर एण्ड ट्राभल एजेन्ट्स(नाटा)  प्रदेश नंं. १, होटल व्यवसायी संघ मेचीनगर लगायतका प्रमुख प्रतिनिधिहरुसँगको छलफलबाट सेवा खुला गरेका छौं ।’ भन्सारको यो निर्णयबाट धेरै व्यवसायी खुशी छन् ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको सूचना

आइतबार भन्सारले सार्वजनिक सूचना टाँस गरेर यसबारेमा जानकारी गराएको छ । ‘आर्थिक ऐन २०७९ को अनुसूची १ को दफा १२ उपदफा ३ को खण्ड ‐ख) प्रतिबन्धात्मक वाक्यांश १ बमोजिम यस भन्सार कार्यालयको प्रवेश नाकाबाट सबैभन्दा नजिकको बजार धुलाबारीसम्मको लागि सोहि दिन फर्किने गरी निजी प्रयोजनका गाडीहरुलाई (कार, जीप मोटरसाइकल)आदि मिति २०७९ असोज १० गतेकादिन देखि लागु हुने गरी सुविधा पास प्रदान गरिने छ ।’ सूचनामा भनिएको छ । तर, सेवाग्राहीले यो पास सुविधा बिहान ८ देखि साँझ ५ बजेसम्म प्राप्त गर्न सक्ने प्रमुख भन्सार अधिकृत ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार लामो दुरीमा भारतीय सवारी साधनले नियम अनुसारको राजस्व र भन्सार कार्यालयको प्रवेश नाकाबाट सबैभन्दा नजिकको बजारसम्म जादाँ सुविधा लिनुपर्दछ ।

मेची उद्योग वाणिज्य संघले मेची भन्सार कार्यालयलाई पठाएको आग्रह पत्र

मेची उद्योग वाणिज्य संघ मेचीनगर र नेपाल एसाेसिएसन फर टुर एण्ड ट्राभल एजेन्ट्स(नाटा) प्रदेश नं. १ काे पहलमा आइतबार  भारतीय नम्बर प्लेटका साना सवारीहरुलाई सुविधा दिने सम्बन्धमा प्रमुख भन्सार अधिकृतलाई भेटेर छलफल गरिएकाे थियो । नेपालका सीमावर्ती बजारसम्म आवतजावत गर्ने भारतीय नम्बर प्लेटका साना सवारीसाधनहरुमा दिइएको सुविधा हटाएकोमा यस क्षेत्रका बजार, पर्यटन, तथा उद्योग धन्दाहरुमा नकरात्मक असर पदैं आएको मेची उद्योग वाणिज्य संघले बारम्बार बताउँदै आएकाे थियाे ।
सुविधा नखुल्दा दैनिक १ सयदेखि १ सय ५० वटा भारतीय साना सवारी साधनहरु अस्थायी भन्सार महसुल बुझाएर निर्वाधरुपमा नेपालमा घुम्ने गरेका थिए । भारतीय नम्बर प्लेटका सवारी साधनले चौवीस घण्टाको ५ सय रुपैयाँ राजस्व बुझाएर अस्थायी पैठारी लिएपछि निर्वाधरुपमा नेपालका हरेक ठाउँमा पुग्न सक्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ओलीले बताउनुभयो । भारतीय सवारी साधनले नेपाल प्रवेश पाए पछि नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई सहज हुनेछ । सुविधा भन्सार राजस्वमा भने असर पर्ने भन्सार अधिकारीहरुको भनाइ छ ।

कोभिड १९ को पहिलो कहरसँगै २०७६ साल चैत १ गतेबाट नेपाल तर भारत सरकारले दुबैतर्फबाट नाका बन्द गर्दा सवारी साधन ठप्प थिए । भारतको पश्चिम बंगालस्थित पानीटंकी रानीगञ्ज नाका नेपालसँग सीमा जोडिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.