गम्भीर षड्यन्त्रको सिकार भएँ, अहिले आइसोलेसनमा छु : सन्दीप लामिछाने

A notice in Nepali from Mechinagar Ward No. 10

९ असोज, काठमाडौँ : नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफूविरुद्ध गम्भीर षड्यन्त्र भएको बताएका छन् ।

आइतबार राति सामाजिक सञ्जालमार्फत उनले आफू अहिले मानसिक र शारीरिक तनावका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् ।

“मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु,” उनले भनेका छन् ।

साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् ।

“झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरूको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झुटा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु,” उनले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.