एजेण्डा नभएपछि पाहुनाको आरोप : खरेल

A notice in Nepali from Mechinagar Ward No. 10

२६ असोज, मेचीनगर : नेकपा एमालेबाट झापा क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्यको उम्मेद्वार अग्नि खरेलले प्रतिष्पर्धी दलका उम्मेद्वारहरु मतदातासँग जाँदा एजेन्डा नभएपछि राजनीति सिध्याएर अब सहानुभूतिका लागि आर्यघाटको चकलेटी राजनीतितिर लागिरहेको बताएका छन् ।

मंगलबार काँकरभिट्टामा प्रेस चौतारी मेचीनगरले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य एवम् पूर्व कानून मन्त्री खरेलले यस्तो कुरा बताएका हुन् ।

‘कहाँ जन्मिएको, कहाँ मर्ने भन्ने कुरा कहिँ राजनीतिक हुन्छ, मतदाताको सहानुभूति पाइएला कि भनेर साथीहरुले आर्यघाटको राजनीति सुरु गर्न थाल्नु भएको रहेछ,’ खरेलले भने–‘जन्मिने र मर्ने कुरा पनि कहिँ योजना बनाएर गरिन्छ ? यो त हाँस्यास्पद चकलेटी कुरा भयो नि । आजका सचेत मतदाताले राजनीतिक एजेन्डाका आधारमा पो भोट हाल्छन्, यस्तो वाहियात चकलेटी कुरामा झुक्किनेवाला छैनन् ।’

मतदातासँग जाँदा अन्य राजनीतिक एजेण्डा केहि नभएपछि राजनीति सिध्याएर आर्यघाटको सहानुभूति राजनीति सुरु गरेको आरोप उनको छ ।

नाकाबन्दीका बेला को कहाँ थिए ?

खरेलले भ्रम फैलाउने, चकलेटी कुरा गर्ने र प्रतिष्पर्धालाई अराजनीतिक बनाउनेहरु भारतले नाकाबन्दी लगाएका बेला र संसदबाट एमसीसी पास गरेका बेला के गरिरहेका थिए भन्ने राम्रोसँग जनताले हेक्का राखेको बताए ।

वैचारिक र राजनीतिक मुद्दामा बहस गर्न नसकेपछि झुठा भ्रम फैलाएर जनतालाई झुक्याउन सकिन्छ कि भनेर केही प्रतिष्पर्धी उम्मेद्वारहरु लागिरहेको बताए ।

‘एमसीसी पास कसले गरेको हो, देशमा समृद्धिको युग कसले सुरु गरेको हो, त्यसमा बहस गरौं,’ उनले भने–‘चुच्चे नक्सा कसले जारी गरेको हो त्यसमा बहस गरौं, भारतले आर्थिक नाकाबन्दी लगाएका बेला दुलामा लुकेर बस्नेहरु अहिले राष्ट्रबादको खोक्रो नारा लिएर आउँदा जनता झुक्किनेवाला छैनन् ।’

पाहुनाको आरोप काम नलागेपछि…….

झापाको गौरादहमा पुख्र्यौली बसोबास गरेका खरेल बामपन्थी आन्दोलनका क्रममा पटकपटक जेल र यातना भोगेका जिल्लाबासी हुन् । आफु झापाकै माटोमा हुर्किबढी गरेको र राजनीति पनि यहीबाट गरेको यथार्थलाई बुझ पचाएर पाहुना भनेर कहिले चरित्र हत्या गर्ने र कहिले हुँदै नभएको कुरा मिडियामा भाइरल बनाएर महान्याधिवक्ता हुँदा अनुचित लाभ लिएको भनेर भ्रम छर्ने काम भइरहेकोमा खरेलले आपत्ति प्रकट गरेका छन् ।

‘म झापा १ मा उम्मेद्वार बनिसकेपछि हारको मानसिकता भएकाहरुले सुरुमा हाम्रो पार्टीबाट प्रदेश सदस्य पदमा उम्मेद्वार बन्नु भएका नेता रविन कोइराला र म बीचमा फाटो ल्याउने भरमग्दुर प्रयास गरे,’ उनले पत्रकारहरुसँग भने–‘रबिन कमरेड मबीच कुनै मतभिन्नता थिएन र छैन । हामीबीच गहिरो सौहार्दता देखेपछि यो फन्डाले काम गरेन भन्दै अरु भ्रम छर्ने षडयन्त्र हुन थालिसकेको छ । महान्याधिवक्ता हुँदा पैसा खान्थ्यो भन्नेसम्मको निकृष्ट र मिथ्या आरोप लगाएर मिडियाको दुरुपयोग गर्ने काम सुरु भएको छ ।’

महान्याधिवक्ता छँदा सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङबाट मासिक ६ लाख रुपैयाँ पारिश्रमिक लिएको भनेर केही अनलाइन र युट्युब मिडियामा झुठा समाचार भाइरल बनाउन थालेकोमा खरेलले खण्डन गर्दै ती समाचार भ्रम फैलाएर मतदाता झुक्याउन खोज्नेहरुको नयाँ फन्डा मात्र भएको बताए ।

‘म वकिल हुँ, त्यसकारण विभिन्न संस्थाको कानूनी सल्लाहकार बस्न सक्छु । सिभिल सहकारी स्थापनाकालमा म सल्लाहकार थिएँ । तर, म राज्यको विभिन्न जिम्मेवारीमा पुगेपछि त्यस (सिभिल सहकारी)को मात्र होइन, कुनै पनि संस्थाको सल्लाहकार बसेको छैन, कसैसँग एक पैसा पनि लिएको छैन’, उनले भने–‘मेरो धारणा नराखिकन एकपक्षीय रुपमा फेक न्यूज लेखेर भाइरल बनाउन थालिएको छ । म बेदाग र निष्कलंकित छवि भएको व्यक्ति हुँ । म कुनै लोभलालचमा फँस्ने व्यक्ति होइन । महान्याधिवक्ता भएपछि मासिक ६ लाख लिने गरेको आरोप लगाउनेहरुले पुष्टि गरिदिउन्, म मेरो सबै श्रीसम्पत्ति राज्यका नाममा गरिदिन तयार छु ।’

आफुसँग जोडिएका कुनै विषय भए त्यसमा खुलस्त बहस गर्न आफु तयार रहेको समेत खरेलले बताएका छन् । उनको भनाई छ–‘तर, अँध्यारो कोठामा बसेर झुठा भ्रम छर्ने षडयन्त्र बन्द गरियोस्, विचार र विकासको बहस गर्न आउनुहोस् म जहाँ र जहिले पनि तयार छु ।’

सिभिल सहकारीमा घोटाला गर्नेहरु, सुन तस्करी काण्डका दोषीहरु, अन्तरजातीय प्रेम गरेको कारण भएका हत्याका अभियुक्तहरु कानूनी कारवाहीमा पुगिसकेको र कानूनी शासनको पालना गराउन आफुले महान्याधिवक्ता हुँदा अहिलेसम्मकै उल्लेखनीय योगदान पुर्याएको खरेलले बताए ।

‘विश्वजीभन्दा धेरै म झापामै बसेको छु’

नेकपा एमालेका प्रतिनिधिसभा सदस्यको उम्मेद्वार खरेलले नेपाली कांग्रेसका प्रतिष्पर्धी उम्मेद्वार विश्वप्रकाश शर्माभन्दा झापामा लामो अवधिदेखि राजनीति गरेको र बसेको दावी गरे ।

‘सात वर्षको उमेर हुँदा ताप्लेजुङबाट एकहल गोरु लिएर गौरादह आएको थिए’, खरेलले भने–‘त्यतिखेरदेखि म झापामै छु । गौरादहको जनता मावि पढेँ । पाटा काण्डमा जेल परेँ । पढाईका लागि राजविराज र काठमाडौँ जानुपर्यो । अहिले बिर्तामोडमा घर र बसाई छ । राजनीतिक कारणले धेरै बसाई काठमाडौँमा भयो । तर पनि धेरै जसो झापा नै आउने गरेको छु । एक वर्षको मात्र रेकर्ड हेर्ने हो भने विश्व प्रकाशजी भन्दा बढी झापा आएर बस्ने मै हुँ । छिमेकी पालिकामा बसोबास गरिरहेको म उहाँहरुका लागि कसरी पाहुना भएँ ।’

खरेलले १८ वर्षको उमेरदेखि कम्युनिस्ट राजनीतिमा निरन्तर सक्रिय रहेको बताए । ‘राष्ट्रका लागि धेरै योगदान गरेको सँधै विकाससँग जोडिइरहेको व्यक्ति हुँ । कानुनमन्त्री र पूर्व महान्यायाधिवक्ता हुँदा संविधान लेखन, कानुन बनाउनेदेखि विकास निर्माणका धेरै काम गरिसकेको छु,’–उनले भने ।

प्रेस स्वतन्त्रताका लागि लड्ने नेताहरुमध्ये आफु पनि एक भएको बताउँदै उनले नागरिकलाई सूचनाबाट कदापि बन्चित गर्न नहुने र समाचार तथ्य र सत्यको धरातलमा आधारित हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा संविधान सभा सदस्य, एमालेका केन्द्रीय सदस्य एवम् प्रदेश सभा सदस्य ‘क’ का उम्मेद्वार रविन कोइरालाले गठबन्धन दलका नेताहरुले भने जस्तो नेता अग्नी खरेल र मेरोबीचमा त्यस्तो चीसोपना केहि पनि नभएको स्पष्ट पारेका छन् ।

कार्यक्रममा पत्रकार र उम्मेद्वारहरुबीच मेचीनगरको समग्र विकास र समस्या अनि भावि चुनावी रणनीतिका बारेमा घनिभुत छलफल भएको थियो ।

प्रेस चौतारी मेचीनगरका अध्यक्ष हेमन्त निरौलाको अध्यक्षतामा सम्पन्न उम्मेद्वार भेटघाट कार्यक्रमको स्वागत उपाध्यक्ष विनिता न्यौपानेले र सञ्चालन सचिव गगन ढकालले गरेका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.