मंगलबार, पौष १४, २०७७
काठमाडौं । सरकार र आन्दोलनरत उखु किसानबीच सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय, गृहमन्त्रालय र आन्दोलनरत उखु किसान सङ्घर्ष समितिबीच सहमति भएको हो ।
सरकारसँग सहमति भएसँगै उखु किसानले काठमाडौंमा १६ दिनदेखि गरेको धर्ना प्रदर्शन स्थगित गर्ने भएका छन् ।
साे सहमतिअनुसार सरकारले उखु किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगहरूबाट २१ दिनभित्र उपलब्ध गराउने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको तथ्याङ्कअनुसार श्रीराम सुगर मिल्सको बक्यौता रकम रु ३५ करोड छ । अझै मिल्सले रु १० करोड रकम भुक्तानी गर्न बाँकी छ । यसैगरी मन्त्रालयको तथ्याङ्कअनुसार लुम्बिनी चिनी मिल्सको रु आठ करोड ४१ लाख, इन्दिरा सुगर मिल्सको रु चार करोड ७० लाख, अन्नपूर्ण सुगर मिल्सको रु १७ करोड बाँकी छ ।