गौरादहमा एक पुरुषद्वारा गोली हानी आत्महत्या

A notice in Nepali from Mechinagar Ward No. 10

२ कार्तिक, झापा : झापा गौरादह नगरपालिका वडा नम्बर ८ बैराती स्कुल अगाडी एक पुरुषले आफैँले बोकेको पेस्तोलबाट गोली हानेर आत्महत्या गरेका छन् ।
गौरादह ८ बस्ने बिरन साहले आफैले गोली हानी आत्महत्या गरेका हुन् । उनले सुरुमा उनका भतिजा हेमराज शाहालाई गोलि हानेर र आफुसँग भएको पेस्तोलले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरेका हुन् । घटना स्थल भन्दा ५० मिटर उतरमा रहेको लाल गेरिया खोला किनारमा उनी मृत भटिएका हुन् ।
उनको साथबाट ११ राउण्ट गोली समेत बरामत भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणी पोखरेलले जानकारी दिए ।
गोली लागेर गम्भीर घाइते १४ बर्षिय बालकलाई उपचारका लागि बि एण्ड सि अस्पताल बिर्तामोड लगिएको छ।
आत्महत्या गरेका बिरन साह पुर्व शसस्त्र प्रहरी रहेको जिल्ला प्रहरीले जनाएको छ ।
घटनाको प्रारम्भिक विवरण अनुसार आर्थिक लेनदेनका कारण भएको जनाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(यो समाचार एभिन्यूज टेलिभजनका पत्रकार सन्तोष न्यौपानेको फेसबुक पे्जबाट साभार गरिएको हो )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.