सत्ता स्वार्थका लागि गठबन्धन दलहरु देश पनि बेच्न तयार रहेको ओलीकाे आरोप

A notice in Nepali from Mechinagar Ward No. 10

५ कार्तिक, काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता स्वार्थका लागि गठबन्धन दलहरु देश पनि बेच्न तयार रहेको आरोप लगाएका छन्।

शनिबार नेकपा एमाले ललितपुर जिल्ला कमिटीले मंगलबजारमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले गठबन्धनको ध्यान सत्तामा मात्रै केन्द्रित रहेको भन्दै सत्ता स्वार्थका लागि देश पनि बेच्न तयार रहेको आरोप लगाएका हुन्।

उनले गठबन्धनले चुनाव जित्नका लागि पैसाको खोलो नै बगाएको बताए। जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, भोट खसाउन नदिने लगाएतका षडयन्त्र भइरहेको भन्दै ओलीले देशलाई भिडन्ततर्फ लाने षड्यन्त्रलाई विफल बनाउनुपर्ने धारणा राखे।

उनले वर्तमान सरकारका कारण मुलुकमा महङ्गी, भ्रष्टाचार, अनियमितता बढेको आरोप लगाए। अहिले लाखौ रुपैया लिएर भूटानी शरणार्थीलाई परिचय पत्र दिएर विदेश उडाउने धन्दा सरकारले चलाइरहेको उनले बताए।

ओलीले गठबन्धन सरकारकै कारण मुलुकको न्यायलय सेटिङको अखडामा परिणत भएको जिकिर गरे। प्रधान न्यायाधीशलाई न्यायलय प्रवेश गर्न नदिने न्यायाधीशहरुले हडताल गर्ने लगाएतका तमाशा देखिनु दुर्भाग्य भएको उनले बताए।

त्यस्तै ओलीले अव एमालेभित्र कुनैपनि प्रकारको गुठबन्दी हुन नदिने स्पष्ट पारे। पार्टीमा योगदान नै नभएकाहरुले पद नपाएकै कारण एमाले छाडेर विरोधमा उत्रिएको देखिएको उनको भनाइ छ।

उनले अहिले देश बनाउने संकल्पका साथ एमाले अघि बढेको बताए। कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न दलबाट आएका नेता तथा कार्यकर्तालाई एमाले प्रवेश गराएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.