झापाको निर्वाचन क्षेत्र नमबर १ मा निर्वाचन कार्य तीव्र : मतदान अधिकृतसहित कर्मचारी व्यवस्थापन

A notice in Nepali from Mechinagar Ward No. 10

१६ कात्तिक मेचीनगर : सरकारले आगामी मंसिर ४ गते घोषणा गरेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति नजिकिँएसँगै झापाको निर्वाचन क्षेत्रनम्बर १ मा निर्वाचन कार्यालयले कामलाई तीब्र पारेको छ ।

भौगोलिकरुपमा मेचीनगरको १५ वटै वडा, बुद्धशान्ति गाउँपालिकाका ४,५,६ र ७ गरी चारवटा वडा र भद्रपुर नगरपालिकाको ९ र १० दुईवटा गरी २१ वटा वडामा पर्दछ झापाको निर्वाचन क्षेत्रनम्बर १ । प्रदेशसभा ‘क’ तर्फ मेचीनगर नगरपालिकाको वडानम्बर १, २, ३, ४, ५, ६, ७, ८, १० १५ र भद्रपुर नगरपालिकाको ९ नम्बर वडासहित गरी ११ वटा वडा पर्दछन् । यसैगरी ‘ख’ तर्फ मेचीनगरको ९, ११, १२, १३ र १४ , बुद्धशान्ति गाउँपालिकाको ४, ५, ६ र ७ अनि भद्रपुर नगरपालिकाको १० नम्बर वडा पर्दछ ।

निर्वाचन अधिकृतको कार्यालय मेचीनगरका अनुसार प्रतिनिधि सभा सदस्यतर्फ मत हाल्ने मतदाताको संख्या यो क्षेत्रमा १ लाख २० हजार ३ सय ७५ रहेको छ ।

मतदान स्थल ‘क’ मा २८ र ख मा २७ गरी ४५ वटा रहेको निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिनुभयो । मतदान केन्द्र प्रतिनिधिसभातर्फ १ सय ३४ रहेका छन् । ‘क’ मा ८० र मा ५४ वटा छन् । निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत क तर्फ ७१ हजार ९ सय ७७ र ‘ख’ तर्फ ४८ हजार ३ सय ९८ जनाले मतदान गर्ने छन् ।

निर्वाचन अधिकृत टंकबहादुर महतका अनुसार अहिले मतदान स्थल र मतदान केन्द्रमा मतदान अधिकृत , सहायक मतदान अधिकृत र कर्मचारीको व्यवस्थापन कार्य भईरहेको बताउनुभयो ।

यी सँगै मतदपत्र रुजु गर्ने काम भइरहेको छ । प्रतिनिधि सभा सदस्य एक पदका लागि १५ जनाले चुनावी प्रतिस्पर्धा गरेका छन् । निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट ६ तथा क्षेत्र नम्बर २ ‘ख’ बाट १० गरी १६ जना उम्मेद्वार चुनावी मैदानमा उत्रिएको निर्वाचन अधिकृत महतले जानकारी दिनुभयो । यसअघि २३ असोजमा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा ३४ जना उम्मेद्वारले मनोनयन पत्र दर्ता गराएकाथिए ।

प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, स्वतन्त्र, राष्ट्रिय जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेपाल जनता पार्टी, मंगोल नेशनल अर्गानाईजेशनले उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले जनाएको छ ।

त्यस्तै प्रदेश सभा सदस्य ‘क’ मा नेपाली कांग्रेस, एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, मंगोल नेशनल अर्गानाइजेशन र मौलिक जरोकिलो पार्टीले उम्मेदवारी दिएको छ ।

प्रदेश सभा सदस्य ‘ख’ मा राप्रपा, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल, राप्रपा नेपाल, स्वतन्त्र, राष्ट्रि जनमुक्ति पार्टी, नेपाल संघीय समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मंगोल नेशनल अर्गानाईजेशन र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले समेत उम्मेद्वारी मनोनयन गराएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.