काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुली किनारमा खस्यो

A notice in Nepali from Mechinagar Ward No. 10

१९ कात्तिक, काठमाडौँ : काठमाडौंबाट रूकुमकोट जाँदै गरेको बस त्रिशुलीमा खसेको छ।

शनिबार राति सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका-१० हुग्दिखोलास्थित त्रिशुली किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए।

बा ४ ख ५७९० नम्बरको बस २०० मिटर तल खसेको खत्रीले बताए।

दुर्घटना हुँदा चालकसहित १९ जना घाइते छन्। उनीहरूको उपचारका लागि स्थानीय मेडिकल पठाएको छ।

बस त्रिशुली किनारमै रहेको प्रहरीले जनाएको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट डिएसपीको कमान्डमा प्रहरीको टोली खटिएको छ।

प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूको विवरण र उनीहरूको अवस्था:

१) धादिङको गल्छी गाउँपालिका- ८ मा बस्ने वर्ष २४ का बस चालक सुमन तामाङ। उनको टाउकोमा चोट लागेको छ र अवस्था गम्भीर छ।

२) पूर्वी रूकुमको सिस्ने गाउँपालिका- ४ का बासिन्दा वर्ष १९ का भुवन केसी। उनको दुवै हात खुट्टामा चोट लागेको छ। अवस्था मध्यम छ।

३) रूकुमको भूमि गाउँपालिका- ५ मा बासिन्दा अन्दाजी २१ वर्षका मदन बुढामगर। उनको टाउकोमा चोट लागेको छ। अवस्था मध्यम छ।

४) दोलखाको बैतेश्री गाउँपालिका- ८ का बासिन्दा वर्ष २१ का श्रीकृष्ण श्रेष्ठ। उनको अवस्था मध्यम छ।

५) पश्चिम रूकुमको बाफिकोट गाउँपालिका- ९ बासिन्दा वर्ष ३६ का मदन बहादुर बिक। उनको अवस्था मध्यम छ।

६) कञ्चनपुरका बासिन्दा वर्ष २४ का तेज बहादुर कठायत। उनको अवस्था मध्यम छ।

७) कास्कीका बासिन्दा कृष्ण प्रसाद अधिकारी। उनको अवस्था मध्यम छ।

८) काठमाडौंका बासिन्दा अनिष लामिछाने। उनको अवस्था मध्यम छ।

९) बाराको करैयामाई गाउँपालिकाका बासिन्दा वर्ष २७ को प्रविण चौधरी। उनको अवस्था मध्यम छ।

१०) रौतहटको चन्द्रपुर नगरपालिका- २ की बासिन्दा वर्ष २६ की सिता मैनाली। उनको अवस्था मध्यम छ।

११) रूकुमको सानोभेरी गाउँपालिका- ३ बासिन्दा वर्ष ५० को नर बहादुर खड्का। उनको अवस्था मध्यम छ।

१२) रूकुमको पश्चिम आठबीसकोट गाउँपालिका-८ का बासिन्दा वर्ष ३४ का शिव बहादुर शाही। उनको अवस्था मध्यम छ।

१३) दोलखाको कालिञ्चोक गाउँपालिका-९ का बासिन्दा वर्ष ३४ का अभिषेक खाँती। उनको अवस्था मध्यम छ।

१४) सिरहा गोलबजार नगरपालिका- १३ का बासिन्दा वर्ष २२ का रमेश सिंह। उनको अवस्था मध्यम छ।

१५) बागलुङको निसाखोला गाउँपालिकाका बासिन्दा सविन छन्त्याल। उनको अवस्था मध्यम छ।

१६) रूकुमको चौरजहारी नगरपालिका-१ का बासिन्दा योगेश्रवर बिक। उनको अवस्था मध्यम छ।

१७) रूकुमको चौरजहारी नगरपालिका-१ का बासिन्दा प्रेम सिंह बोहोरा। उनको अवस्था मध्यम छ।

१८) रामेछापको मन्थली नगरपालिका-९ का बासिन्दा मिलन लामा। उनको अवस्था मध्यम छ।

१९) धादिङको गल्छफ गाउँपालिका- ८ का बासिन्दा रत्न तामाङ। उनको अवस्था मध्यम छ।

सबै घाइतेको थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। (सेतोपाटीबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.