विरासत जोगाउने र लाल किल्ला भत्काउने बीचको प्रतिस्पर्धा रोचक हुने

A notice in Nepali from Mechinagar Ward No. 10

-एलके शर्मा
२३ कात्तिक झापा :
 ४ मंसिरका लागि घोषणा भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा झापा १ का उम्मेदवारहरूले घरदैलो र प्रचारप्रसारलाई तीव्रता दिएका छन्

प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको तालमेलबाट नेकपा एमाले स्थायी कमिटी सदस्य, पूर्व कानुनमन्त्री एवम् महान्यायधिवक्ता नेकपा एमाले झापाका इञ्चार्ज अग्निप्रसाद खरेल र सत्ता सत्तासाझेदार दलहरु नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धनबाट नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उम्मेदवार हुनुहुन्छ ।

२०७० को दोस्रो संविधान सभा सदस्य र २०७४ को पहिलो प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा पराजित नेपाली काँग्रेसका महामन्त्री शर्मा पहिलो पटक प्रतिनिधि सभाको सांसद बन्ने दाउमा हुनुहुन्छ भने पूर्व कानुन मन्त्री र महान्यायधिवक्तासमेत रहेका खरेल बीचको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ । खरेल र शर्मासहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । जसमध्ये ३ जना स्वतन्त्र हुन् । खरेल र शर्माबीचको प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारहरूले दिने चुनौतीलाई निर्णायक मानिएको छ  । संसद् प्रवेश गर्ने दाउमा रहेका खरेल र शर्मा दुबै जना स्वतन्त्रले दिने चुनौतीलाई लिएर सशंकित छन् ।

यो क्षेत्रमा प्रतिनिधि सभा सदस्यकालागि राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका ओलीन राजवंशी, राष्ट्रिय जनमुक्ति पार्टीका चित्रहाङ जबेगु, हाम्रो नेपाली पार्टीका ठण्डबहादुर अधिकारी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पदममाया लिम्बु, नेपालका लागि नेपाली पार्टीका मुकुन्द दाहाल, जनसमाजवादी पार्टी नेपालका रमेश बास्तोला, जनता समाजवादी पार्टी नेपालका राधा थापा, नेपाल जनता पार्टीका रामकुमार काफ्ले मंगोल नेश्नल अर्गनाइजेसनका सन्तोष तामाङ चुनावी मैदानमा हुनुहुन्छ । केन्द्रकुमारी दाहाल, विकाश राजवंशी, विदुरकुमार खतिवडाले भने स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।

भौगोलिकरुपमा मेचीनगरको १५ वटै वडा, बुद्धशान्ति गाउँपालिकाका ४,५,६ र ७ गरी चारवटा वडा र भद्रपुर नगरपालिकाको ९ र १० दुईवटा गरी २१ वटा वड यो क्षेत्रमा पर्छन् ।

नेपाली काँग्रेसका महामन्त्री एवम् लोकप्रियताका कारण यस पटक आफू नेकपा एकालेको लाल किल्ला भत्काउने दाउमा विश्वप्रकाश छन् भने कम्यूनिष्टहरुको विरासत भएको कारण आफ्नो जीत सुनिश्चित रहन्छ भन्ने विश्वासमा एमालेका प्रभावशाली नेता अग्नी खरेल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.