Thursday, June 24, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारचिनियाँ टोलीले भेट्यो देउवालाई

चिनियाँ टोलीले भेट्यो देउवालाई

काठमाडौँ : नेपाल भ्रमणमा रहनुभएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको टोलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गरेको छ । म‌ंगलबार बिहान चिनियाँ टोली कांग्रेस सभापति देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठमा पुगेको थियो ।

टोलीसँग दुई देश र दुई पार्टीबीचको सम्बन्धबारे छलफल भएको देउवाका परराष्ट्र मामिला सल्लाहकार  दिनेशकुमार भट्टराईले जानकारी दिए । भेटका क्रममा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री येझाउले कांग्रेस चीनको असल मित्र रहेको बताएको भट्टराईले बताए । टोलीलाई सभापति देउवाले सन् २०२१ मा चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पुग्‍न लागेकोमा बधाई दिएको उनले बताए । जवाफमा येझाउले धन्यवाद दिँदै अर्को वर्ष चीनले भव्य कार्यक्रम गर्न लागेको र त्यसमा देउवालाई पनि सामेल हुन निम्तो दिएको भट्टराईले जानकारी दिए ।

येझाउले नेपालका सबै राजनीतिक दलसँग चीनको असल सम्बन्ध रहेको बताएको र बीपी कोइरालाको सरकारदेखि नै कांग्रेससँग चीनको असल सम्बन्ध रहेको र त्यो अहिले पनि उस्तै रहेको बताएका उनको भनाइ । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे भने आफूहरूले केही नसोधेको र उनीहरूबाट पनि केही जानकारी नआएको पनि उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेपालमा राजनीतिक संकट गहिरिँएको बेला चिनियाँ टोली स्थलगत अवस्था बुझ्‍न नेपाल आएको हो । टोलीले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेताहरुसँग भेटवार्ता गरेको थियो ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु