झलनाथ खनालको प्रश्न : खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?

A notice in Nepali from Mechinagar Ward No. 10

नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले बालुवाटार पुगेकै दिनदेखि केपी शर्मा ओलीले पार्टी बिर्सिएको आरोप लगाएका छन् ।

संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । उनले पार्टीलाई भर्‍याङ मात्र बनाएको भन्दै खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति कार्यक्रम ल्याउनुभयो ।’

‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ उनले अघि भने ।

काम गर्न नसकेको भनेर आफूहरुले प्रश्न गर्दा प्रधानमन्त्री ओलीले विश्व चकित हुने काम गरेको दाबी गरेको सुनाए । ओलीले सडक र पुललाई समाजवाद देखेको र पछिल्लो समय त मैले रानी पोखरी बनाएँ भन्न थालेको उनले बताए ।

प्रधानमन्त्री ओलीले मरिचमान श्रेष्ठ र नगेन्द्रप्रसाद रिजालले जत्ति पनि काम गर्न नसकेको खनालको आरोप छ । उनले भने, तीन वर्ष खेर भयो । मरिचमानले गरेजत्ति पनि काम गर्न सकेनन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.