२ मंसिर, मेचीनगर : आइताबर हुन गइरहेको प्रदेश र प्रतिनिधिसभा सदस्य चुनावलाई ध्यानमा राखेर बिहीबार राति १२ बजेदेखि नै नेपाल–भारत सीमानाका बन्द गरिएपछि शुक्रबार बिहान नेपाल भारत जोड्ने मेची पुलमा आवतजावत गर्ने सर्वसाधारणको भीड लागेको छ ।
औषधी उपचार गर्न हिडेका, तथा आँखाको उपचारकालािग नेपाल आएर भारततर्फ फर्कनि लागेका, हवाईजहाज र रेलको टिकट बोकेका, भारतीय सेनामा कार्यरत नेपालीहरुको भीड लागेको हो । चुनावलाई ध्यानमा राखेर नेपाल–भारत सीमानाका बन्द गरिएपछि आवतजावतमा समेत समस्या भएको थियो । मतदान नसकिएसम्म नाकाहरू बन्द हुने गृह मन्त्रालयले जनाएको छ । पूर्वीनाका काँकरभिट्टा नाका भारतको पश्चिम बंगाल राज्यको पानीट्यांकीस्थित रानीगञ्ज नाकासँग सीमा जोडीएको छ ।
भारतसँग नेपालको खुला सिमाना १ सय ४४ दशमलव शुन्य २ किलो मिटर रहेको छ भने मेचीनगर नगरपालिकाक्षेत्रको ३४ किलो मिटर खुला सीमाना छ ।

























