सुर्खेत-२ मा कांग्रेसका हृदयराम थानी विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

७ मंसिर, सुर्खेत : सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । थानीले ३४ हजार ६२५ मत प्राप्त गरी विजय हुनुभएको हो ।

सुर्खेत-२ मा कुल ७६ हजार ३५२ मत खसेको थियो ।

थानीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका जिल्ला अध्यक्षसमेत रहनुभएका अमृत बहादुर बुढाक्षेत्री पाँच हजार ६७ मतान्तरले पराजित हुनुभएको हो । बुढाक्षेत्रीले २९ हजार ५५८ मत प्राप्त गर्नुभएको छ ।

२०७४ को निर्वाचनमा पराजित भएका थानीले यसपटक फराकिलो अन्तरमा विजय हुनुभएको छ । थानी यसअघि ०५६ र ०७० सालका यही क्षेत्रबाट निर्वाचित भएका थिए भने सहकारी तथा गरिबी निवारण मन्त्री भइसक्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.