झापा–१ (२) बाट राप्रपाकी सबिना बजगाई विजयी

A notice in Nepali from Mechinagar Ward No. 10

७ मंसिर, मेचीनगर :  झापा–१ अन्तरगत प्रदेशसभा २ बाट सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित भएकी छन् ।

बुधबार सकिएको मत गणनामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार बनेका श्यामविर लिम्बुलाई १ हजार ३८८ मतान्तरले पराजित गर्दै बजगाई सांसद बनेकी हुन् ।

महिला नेतृ एवम राप्रपाकी मेचीनगर अध्यक्ष समेत रहेकी बजगाईले १३ हजार ६१२ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी लिम्बुले १२ हजार २२४ मत पाएका छन् ।

निर्वाचन आयोगले विजयी उम्मेदवारको आधिकारिक घोषणा गर्न भने बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.