७ मंसिर, बिर्तामोड : झापा क्षेत्र नं. २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे विजयी बनेका छन् ।
मतगणनाको अन्तिम मत परिणामअनुसार घिमिरले २८ हजार ६९७ मत प्राप्त गरेर विजय हासिल गर्दा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार स्वागत नेपालले २६ हजार ४४१ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत केशव प्रसाद पन्तले जानकारी दिए ।
त्यस्तै, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका हरि कुमार रानाले १३ हजार ९२४ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीको ८ हजार ७७७ मत ल्याएका पन्तले जनाए ।

























