कञ्चनपुर-३ बाट कांग्रेसका रमेश लेखक निर्वाचित

A notice in Nepali from Mechinagar Ward No. 10

७ मंसिर, धनगढी : नेपाली कांग्रेसका नेता रमेश लेखक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ बाट लेखक १२ हजार मतान्तरसहित निर्वाचित भएका हुन् ।

उनले नेकपा एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्दै लेखक निर्वाचित भएका हुन् । लेखकले ३० हजार ५२३ मत पाउँदा पालले १८ हजार ४४८ मात्र मत पाइन् ।

२०७४ सालको निर्वाचनमा एमालेका दिपकप्रकाश भट्टसँग झिनो मत अन्तरले पराजित भएका लेखकलाई यसपटक भने नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले साथ दिएका थिए ।

कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका लेखक यसअघि २०५६ र २०७० सालको निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.