Tuesday, May 11, 2021
- बिज्ञापन -
गृह राजनीतिप्रदेश १ मा रस्साकस्सी , कांग्रेस नेता राजिव कोइराला मुख्यमन्त्री बन्न सक्ने

प्रदेश १ मा रस्साकस्सी , कांग्रेस नेता राजिव कोइराला मुख्यमन्त्री बन्न सक्ने

शुक्रबार, पौष १७ ,२०७७

काँकरभिट्टा । विभाजित नेकपाको प्रचण्ड-माधव नेपाल पक्षले प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गराएभएपछि प्रदेश १ मा सत्तासमिकरणको लागि रस्साकस्सी चल्दैछ ।

प्रदेश नं १ मा अहिले ९३ जना सांसद मध्ये प्रचण्ड – नेपाल पक्षमा ३७ जना,ओली पक्षमा ३० जना,नेपाली कांग्रेसका २१ जना,संघिय समाजवादीबाट ३ जना,राप्रपा बाट १ जना र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट १ जना सांसद छन ।

प्रदेश सभामा सरकार बचाउन र बनाउन विभिन्न प्रयासहरु भैरहदा मुख्यमन्त्री शेरधन राई सके आफ्नो सरकार जोगाउने नसके कांग्रेसलाई मुख्यमन्त्री दिएर भए पनि सत्तासमिकरण गर्ने निष्कर्षमा पुगेको चर्चा चल्न थालेको छ ।
प्रचण्ड माधव समुहलाई निषेध गर्दै आफ्नो सरकार ढलेको खण्डमा कांग्रेसलाई मुख्यमन्त्री दिने विषयमा छलफल हुबे खुलासा मुख्यमन्त्री राईले गरेका हुन ।

इमेज च्यानल सगको कुराकानीमा राईले कांग्रेसले मुख्यमन्त्री माग गरे छलफल गर्न सकिने बताएको इमेज च्यानल स्रोतले उल्लेख गरेको छ ।

यदि शेरधन राईको मुख्यमन्त्री धरापमा परे कांग्रेसबाट  प्रदेश सभा सदस्य सुनसरी – २ ( ख ) संदिय दलका नेता राजिव कोइराला मुख्यमन्त्री हुने संभावना बलियो देखिन्छ । प्रदेश सरकार गठनका लागि ४७ मत आवश्यक पर्नेमा कांग्रेस र ओली समूह मिले ५१ सांसदको समर्थनमा नयाँ मुख्यमन्त्री चयन हुने निश्चित छ । यदि यसो भएमा कांग्रेसको सुनसरी सभापति समेत रहेका संसदीय दलका नेता राजिव कोइराला प्रदेश नं १ को दोश्रो मुख्यमन्त्री नहोलान भन्न सकिन्न ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु