समानुपातिक सांसद छान्न एमालेले बोलायो सचिवालय बैठक

A notice in Nepali from Mechinagar Ward No. 10

२२ मंसिर, काठमाडौँ : नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । समानुपातिक सांसदको टुंगो लगाउन बैठक बोलाइएको उनले बताए ।

“भोलि दिउँसो १ बजेका लागि सचिवालय बैठक आह्वान भएको छ । समानुपातिक सांसद टुंगो लगाउँछौँ,” उनले बाह्रखरीसँग भने ।

एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३४ सांसद पाएको छ । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची क्लष्टरअनुसार मिलाएर पठाउनका लागि पत्र पठाएपछि एमालेले बैठक बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.