प्रदेश १ को मुख्यमन्त्रीमा कांग्रेस र माओवादीको दाबी

A notice in Nepali from Mechinagar Ward No. 10

२५ मंसिर,  विराटनगर : प्रदेश १ मा सत्ता गठबन्धन भित्र रहेका दल नेपाली कांग्रेस र माओवादीले मुख्यमन्त्रीको दाबी गरेका छन् ।

प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरेर नेपाली कांग्रेसले २७ सिट र माओवादीले १३ सीट पाएको छ ।
ठूलो दल भएका कारण नेपाली कांग्रेसले प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्ने नेपाली कांग्रेस प्रदेश सभापति उद्धव थापाले बताए ।

उनले आफूहरु ठूलो दल भएका कारण मुख्यमन्त्री छाड्न नहुने भन्दै केन्द्रसँग लविंङ भइरहेको बताए । उनले भने, ‘हामी मुख्यमन्त्री छाड्न नहुने भन्नेमा छौ तर गठबन्धन भएका कारण केन्द्रको जे निर्णय आँउछ मान्न तयार छौ ।’

उनले गठबन्धन नटुट्ने भन्दै केन्द्रले कुन कुन प्रदेशमा कुन दलले नेतृत्व गर्ने भन्ने सहमति गर्ने बताए ।

ठूलो दल भएका कारण प्रदेश १ को नेतृत्व कांग्रेसले पाउनुपर्ने भन्दै थापाले भने, ‘हामी नेताहरुलाई प्रदेश १ छाड्नु हुँदैन भनिरहेका छौं ।’

गठबन्धन भएका कारण सबैको जित हुन आवश्यक छ । माओवादी केन्द्र प्रदेश १ कास इन्चार्ज इन्चार्ज साबित्री कुमार काफ्लेले भने हामीले यस पटक प्रदेश १ को मुख्यमन्त्री पाउनु पर्छ भन्ने हो ।

उनले माओवादी प्रदेश १ को मुख्यमन्त्री नछाडौं भन्ने पक्षमा रहेको तर केन्द्रको नेतृत्व निर्णय मानेर जानुको विकल्प नभएको बताए ।

केन्द्रमा नेताहरुका बिचमा कस्तो खाले सहमति बन्छ त्यही आधारमा प्रदेशको नेतृत्व बन्ने हो काफ्लेले भने हामी केन्द्रको कुरा क्रस गरेर जाने अवस्थामा छैनौ । अहिले बल्ल सामानुपातिकको लिष्टमा टुंगो लागेको र अब संसदीय दलको नेता छानेपछि मुख्यमन्त्री को बन्ने भन्ने कुरा अगाडि बढ्ने बताए । अहिलेको निर्वाचनले गठबन्धनलाई मिलेर सरकार चलाउनु भन्ने आदेश छ, त्यही आदेश अनुसार हामी मिलेर सरकार चलाउँछौ ।

प्रदेश १ मा नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाका बीचमा गठबन्धन सरकार छ । गठबन्धनमा रहेको जसपा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा एमालेसँग तालमेल गरेकाले जसपा सत्ता गठबन्धनमा रहने नरहने टुंगो लागेको छैन ।

एकीकृत समाजवादीका नेता तथा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आफू नैतिकताको आधारमा मुख्यमन्त्री नबन्ने बताएका छन् । उनको दलले प्रदेश १ मा प्रत्यक्ष तर्फ तीन सीट र समानुपातिक तर्फ १ सीट पाएको छ ।

जसपालाई फकाउँदै गठबन्धन

सत्ता गठबन्धनको सरकार बन्ने नबन्ने भन्ने विषयको टुंगो भने जनता समाजवादी पार्टीले गर्ने छ । समानुपातिक तर्फबाट एक सीट पाएको जसपाले गठबन्धनलाई सर्मथन नगरे गठबन्धनको सरकार बन्दैन । एकीकृत समाजवादी, माओवादी र नेपाली कांग्रेसको ४६ सिट मात्रै हुँदा जसपा निर्णायक बन्ने छ ।

जसपालाई फकाउन अहिले सबै दलहरु लागेका छन् । प्रदेश १ का प्रदेश सभापति थापाले जसपासँग कुरा भइरहेको बताएका छन् । उनले केन्द्र र प्रदेश दुवै तहमा जसपासँग सरकार बनाउने विषयमा कुरा भइरहेको बताए ।

उनले भने, ‘गठबन्धनसँग सरकार बनाउने विषयमा जसपा पोजेटिभ छ । केन्द्रको निर्णय पर्खिएर जसपा बसेको छ ।’ माओवादीका सह इन्चार्ज सावित्रा काफ्लेले जसपासँग सरकार बनाउने विषयमा कुरा भइरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.