नेकपा ओली समूहले आज ‘बृहत् कार्यकर्ता’ भेला गर्दै

A notice in Nepali from Mechinagar Ward No. 10

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले आज काठमाडौंमा ‘बृहत् कार्यकर्ता’ भेलाको आयोजना गरेको छ।

ओली समूहको काठमाडौं जिल्ला कमिटीको आयोजनामा उक्त भेला गर्न लागेको हो। शनिबार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भेला आयोजना गर्ने बताइएको छ।

भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, गृह मन्त्री रामबहादुर थापा ‘बादल’, उप प्रधानमन्त्री ईश्वर पोखरेल र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले सम्बोधन गर्ने ओली समूहले जनाएको छ।

गत बुधबार मात्र ओली समूहले काठमाडौंमा सुदूरपश्चिमस्तरीय कार्यकर्ताको भेला गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.