सुसेलीद्वारा जनिता श्रेष्ठ सहित छ जना नारी प्रकाशकलाई सम्मान

A notice in Nepali from Mechinagar Ward No. 10

९ पौंष, मेचीनगर : झापाको सुसेली साहित्यिक परिवारले शनिवार एक कर्मठ महिला प्रतिभा र झर्रो कृतिका छ जना नारी प्रकाशकलाई पुरस्कृत गरेको छ ।

संघर्षपूर्ण जीवन बिताएकी उदाहरणीय महिला जनिता श्रेष्ठलाई रु. १३ हजार नगद राशीको बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार प्रदान गरिएको छ भने झर्रो नेपाली कृतिका श्रष्टा तथा प्रकाशक रहेका छ जना नारी प्रतिभालाई झर्रो प्रकाशकको सम्मान अर्पण गरिएको छ । झर्रो सम्मान पाउनेहरुलाई रु. पाँच हजार नगद समेत प्रदान गरिएको छ ।

कर्मठ महिला पुरस्कार प्राप्त गर्नुभएकी श्रेष्ठ मेचीनगर वडा नं. १० निवासी हुनुहुन्छ । झर्रो प्रकाशक सम्मान पाउनेहरुमा ‘कल्पना र मुनाहरु’की प्रकाशक पार्वती खरेल, ‘झुल्के घाम’की प्रकाशक पार्वती गिरी, ‘तितो मिठो’की प्रकाशक कृष्णा खनाल, ‘धारा धाराका धार’की प्रकाशक जनककुमारी चालिसे र ‘भुइँफुल’की सर्जक तथा प्रकाशक सुभद्रा भट्टराई हुनुहुन्छ ।

पूर्वीनाका काँकरभिट्टालाई केन्द्र बनाएर साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको सुसेली साहित्यिक परिवारले वर्षेनी नारी स्रष्टाहरुलाई पुरस्कृत र कविता गोष्ठी गर्दै आएको छ ।

दुबै पुरस्कार र सम्मानको स्थापना वरिष्ठ साहित्यकार चुडामणि रेग्मी र उहाँकी पत्नी बेदकुमारी रेग्मीले गर्नुभएको हो । आज काँकरभिट्टास्थित देवकोटा पार्कमा भएको पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथि सहप्राध्यापक मुनाकिरण कोइराला हुनुहुन्थ्यो भने सो अवसरमा नेपाल र भारतका साहित्यकारहरुको जमघट रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.