प्रदेश १ मा एमाले नेतृत्वको सरकार गठनका लागि दाबी पेश गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

२४ पौंष, बिराटनगर : प्रदेश १ सभाको सबैभन्दा ठूलाे दल नेकपा एमालेले आइतबार सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरेकाे छ । एमालेले संसदीय दलका नेता हिक्मतकुमार कार्कीकाे नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेकाे हाे ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीकाे समर्थनमा एमाले नेतृत्वमा सरकार गठनका लागि दाबी पेस गर्ने बताए । सरकार गठनका लागि ४७ प्रदेश सांसद आवश्यक छ तर ९३ सदस्यीय प्रदेशसभामा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० प्रदेश सांसदकाे समर्थनमा कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष दाबी पेस गर्ने भण्डारीले बताए ।

प्रदेश प्रमुख खापुङले प्रदेश सरकार गठनका लागि गत आइतबार ८ दिनकाे समय दिएर आह्वान गरेका थिए ।

प्रदेश प्रमुख कार्यालयले संविधानकाे दफा १६८ काे उपदफा (२) बमाेजिम दुई वा दुईभन्दा बढी दलहरूकाे समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २४ गते आइतबार बेलुकी ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.