मेचीनगरका १५ वटा वडामै पशु प्राविधिक मार्फत उपचार तथा परामर्श सेवा : किसान पनि घर घरमै सेवा पाएपछि खुशी

A notice in Nepali from Mechinagar Ward No. 10

५ माघ , मेचीनगर : मेचीनगर नगरपालिकाले नगरभरिका पशुपालक कृषकहरुको सूविधाका लागि नगरका १५ वटै वडामापशु प्राविधिकहरु मार्फत उपचार तथा परामर्श सेवा प्रवाह गरिहेको जनाएको छ । नगरस्तरीय पशु सेवा शाखाले एकजना प्राविधिकले चारवटा वडा हेर्ने गरी पशु प्राविधिक मार्फत सेवा तथा परामर्श सेवा प्रवाह गरिएको नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोहि सेवा शाखामार्फत चालु आर्थिक वर्ष २०७९÷०८० मा पशुमा लाग्ने महामारी भाइरल रोग नियन्त्रणको लागि पीपीआर, एफएमडि तथा स्वाइन फिबरको बिरुद्घखोप कार्यक्रम पीपीआर १५ हजार र स्वाइन फिबर ५ हजार डोज सवै वडामा पुर्याएर सेवा सञ्चालन भइरहेको छ ।

केही दिनअघि नगरका विभिन्न वडामा पशुहरुमा देखिएको रेबिजकालागि रेबिज बिरुद्घखोप उपलब्ध गराएर पशुधनको सुरक्षा गरिएको नायव पशु प्राविधिक सहायक छत्रबहादुर राईले बताउनुभयो । हालसम्म ३ सय २५ वटा निःशुल्क बन्ध्याकरण सेवा, आन्तरिक परजीविको पहिचानको लागि गाइ, भैसी तथा बाख्रा गरी कुल २ सय २० वटाको गोबर परिक्षण गरीऔषधि बितरण गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

१ हजार ८ सय ३० वटा गाई, १ सय ६७ वटा भैसीगरी कुल १ हजार ९ सय ९७ वटाको कृतिम गर्वधान गरिएको, पशुपालनमा आवश्यक घाँस खेतीको लागि किसानहरुलाई हिंउदे जै को बीउ ५० प्रतिशत अनुदानमा बितरण गरिएको, पशुस्वास्थ्य व्यवस्थापनको लागि औषधि खरिद तथा वितरण कार्यक्रम समेत नगरपालिकाले पशुसेवा शाखा मार्फत नगरका कृषकहरुलाई सेवा प्रवाह गरिरहेको राईले जानकारी दिनुभयो ।

पशु नश्ल सुधारकालागि लिक्विड नाइट्रोजन इन्सेमिनेटरहरुलाई बितरण कार्यक्रम सञ्चालन भइरहेको, प्राथमिक उपचार सेवा नियमित रुपमा प्रवाह भइ आएको, पशु बीमा सेवा सम्बन्धि जानकारी गरी पशुधन सुरक्षा गरी मृत्यु दावि सम्बन्धि सिफारीस तथा सहजीकरण गर्ने कार्य भइरहेको, गाईभैसीमा फैलिएको महामारी रोग लम्फी स्कनि डिजिज एलइसडी रोग नियन्त्रणको लागि तत्काल प्रदेश र संघीय सरकारमा जानकारी गराएर प्राथमिक उपचारकालागि निःशुल्क सामान्य औषधि बितरण गरिएको, पशुपालक तथा मत्स्यपालक कृषकहरुलाई प्रोत्साहनको लागि सूचना प्रवाह गरी सञ्चालनको तयारी गरिरहेको नायव पशु प्राविधिक सहायक राईले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.