दिवंगत पत्रकार पौडेलको स्मृतिमा शोकसभा

A notice in Nepali from Mechinagar Ward No. 10

५ माघ, मेचीनगर : प्रेस क्लब मेचीनगरले पोखरामा विमान दुर्घटनामा ज्यान गुमाएका महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सभा सम्पन्न गरेको छ ।

मेचीनगर ६ काँकरभिट्टास्थित पञ्चमुखी हनुमान मन्दिर परिसरमा विहीबार शोक सभा सम्पन्न भएको हो । प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्वर वरालको अध्यक्षतामा भएको शोक सभामा वक्ताहरूले पत्रकार पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रले ठुलो क्षति व्यहोरेको बताए ।

उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक अनुभवी, जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले उदीयमान पत्रकार नेता गुमाएको छ । कास्की जिल्लाबाट पत्रकारिता क्षेत्रमा राम्रो पहिचान बनाएका पौडेलको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको उहाँहरुको भनाई थियो ।

शोक सभामा नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व सचिव लोकराज ढकाल, प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष सन्तोष आचार्य, ज्ञानेन्द्र निरौला, मुक्ति पौडेल, प्रेस सेन्टर नेपालका झापाका अध्यक्ष झुलन रेग्मी, आदिवासी जनजाति पत्रकार संघ फोनिज झापा अध्यक्ष भूमिका सुब्बा, प्रेस चौतारी नेपाल झापा शाखाका सचिव प्रकाश पौडेललगायतले बोल्नुभएको थियो ।

तस्वीर : देबु बानियाँ

माघ १ गते बिहान काठमाडौँबाट पोखराको लागि उडेको नाइनएन एएनसी एटिआर–७२ जहाज अवतरण गर्ने क्रममा पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा दुर्घटनाग्रस्त हुँदा केन्द्रीय सदस्य पौडेलको ३७ वर्षको उमेरमा निधन भएको थियो ।

पत्रकार पौडेल २०७७ फागुन ५ गते भएको नेपाल पत्रकार महासङ्घको २६औं महाधिवेशनबाट निर्वाचित भई केन्द्रीय सदस्य निर्वाचित भएका थिए । २०७४ सालमा महासङ्घको गण्डकी प्रदेश समितिको संस्थापक अध्यक्षका रूपमा रहेर काम गरेका पत्रकार पौडेलले त्यसअघि महासंघ कास्की शाखामा एक पटक उपाध्यक्ष र दुई पटक सचिवका रूपमा रही योगदान गर्नुभएको थियो ।

पोखरा हटलाइन दैनिकबाट पत्रकारिता सुरु गरेका पौडेलले अन्नपूर्ण एफएम र केही समय नेपाल टेलिभिजनमा स्ट्रीन्जरका रूपमा काम गर्नुभएको थियो । विभिन्न पत्रपत्रिकामा स्तम्भ र लेख लेख्दै आएका पत्रकार पौडेल पछिल्लो समय पोखरा हटलाइन दैनिक पत्रिकाकै प्रकाशक/सम्पादकका रूपमा कार्यरत थिए । स्वर्गीय पौडेलका आमा, श्रीमती र एक छोरा छन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.