Sunday, May 9, 2021
- बिज्ञापन -
गृह खेलकुदप्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई ऐतिहासिक उपाधि

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई ऐतिहासिक उपाधि

१९ पुस, दाङ ।

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश–१ ले जितेको छ।

दाङको लमहीमा आइतबार सम्पन्न उपाधि भिडन्तमा प्रदेश १ ले साविकको विजेता समेत रहेको एपीएफलाई ६ रनले हराउँदै उपाधि आफ्नो पक्षमा पार्न सफल भएको हो ।

पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १०५ रन बनाएको थियो। प्रदेश १ का लागि अप्सरा बेगमले ३४, काजल श्रेष्ठले २९, कप्तान रुविना क्षेत्रीले १८ रन बनाएकी थिइन् ।

बलिङतर्फ एपीएफकी सीता राना मगरले तीन र करुणा भण्डारीले एक विकेट लिएकी थिइन्।

१ सय ६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९९ रन मात्रै जोड्न सक्यो। उसका लागि ममता चौधरीले ३४, करुणा भण्डारीले २६ र ज्योति पाण्डेले १४ बनाएपनि त्यो जितका लागि पर्याप्त हुन सकेन।

प्रदेश १ की कप्तान रुविना क्षेत्री र एलिसा खडियाले दुई-दुई विकेट लिए भने संगीता राईले एक विकेट लिइन् ।

खेलमा  म्यान अफ द म्याच बनेकी प्रदेश -१ की खेलाडी  रुबिना क्षेत्रीले  रु. २५ हजार , प्लेयर अफ द टुर्नामेन्ट बनेकी संगीता राईले रु.२१ हजार र  एपिएफकी करुणा भण्डारीले उत्कृस्ट बलिङ गरे वापत रु . १० हजार प्राप्त गरेका छन् ।

 

 

 

यससँगै प्रतियोगितको विजेता प्रदेश १ ले पाँच लाख र उपविजेता एपीएफले ३ लाख रुपैयाँ पुरस्कार पाएको छ ।सो अवसरमा प्रमुख अतिथिको तर्फबाट रास्ट्रीय  खेलकूद परिषदका सदस्य सचिव  रमेश कुमार सिलवालले कोविड १९ का कारण खेलकूदको बजेट व्यापक कटौती भएको स्वीकार गर्दै अब  खेलकूदको माहौल बढाउन आफू लागिपर्ने बताउनु भयो ।

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु