मेचीनगर नगरपालिकाले गर्यो खोरमा थुनेर राखेका युवाको उद्धार : उपचारका अस्पताल पठाईयो

A notice in Nepali from Mechinagar Ward No. 10

१३ माघ ,मेचीनगर :  खोरमा थुनिएर बस्न बााध्य झापाको मेचीनगर—१२ का २४ वर्षीय धनकुमार राईलाई मेचीनगर नगरपालिकाले उद्धार गरी उपचारकालागि चितवन पठाएको छ । राईको परिवारले घर नजीकै सानो खोरमा हालेर बाहिरबाट ताला लगाएर राखेको थियो ।

मानशिक रोगी र हिडडुल समेत गर्न नसक्ने अवस्थाका राईलाई उहाँको परिवारले घर नजिकै खोर बनाएर राखेको थियो । त्यसको जानकारी पाए लगत्तै केही दिनअघिमात्र मेचीनगर नगरपािलका उपप्रमुख मीना पोखरेल उप्रेती, सम्बन्धित वडाका वडाका वडाध्यक्ष मधुसुदन निरौला, मेचीनगर नगरपालिकाको महिला शाखाका महिला निरीक्षक जयन्ती खरेललगायतको टोलीले राईको घरमै पुगेर विविध विषयमा जानकारी लिएर तत्काल खोरबाट बाहिर निकालेको थियो ।

बाहिर राख्दा मानिसहरुलाई कुटपिट गर्ने, घर छाडेर हिड्ने तथा घरबाट हिडेपछि फर्केर नआउने गरेका कारण धनकुमारलाई खोरमा थुनेर राख्नु परेको बाबु जीवन राईले बताउनुभयो । नबोल्ने, कपडा नलगाउँने, कपडा लगाइदिए खोलेर फालिदिने, नाङ्गो बस्न थालेपछि परिवारले बाध्य भएर उनलाई खोरमा राख्नुपरेको जीवनले थप्नुभयो । खोरमै खाना खाने, खोरमै दिसा पिसाब गर्ने र परिवारले बेलाबेलामा खोरमै गएर सफा गरिदिने गरेको स्थानीइको भनाई छ ।

आर्थिक अवस्था न्यून र एउटा सिटी रिक्शाका भरमा घर चलाईरहेका राईका पिता जीवन राईले उपचार गर्न आर्थिक अभावका कारण खोरमा थुनेर राख्नु परेको गुनासो गर्नुभयो । बोल्न नसक्ने तथा कहिले काँहि आफुले लगाएको लुगा फुकाउने, बेला बेला घरका अभिभावकदेखि अन्य मानिसहरुसँग समेत आक्रमकरुपमा जाईलाग्ने धनकुमारलाई जिल्ला प्रशासन कार्यालय झापाले मिति २०७९ साल कात्तिक २३ गते नेपाली नागरिकताको प्रमाण पत्र जारी गरेको थियो । प्रशासकीय अधिकृत दयाकृष्ण ढकालले हस्ताक्षर गर्नुभएको नेपाली नागरिकता धनकुमारले थुनिएको खोरमै प्राप्त गर्नुभएको हो ।

‘यो २१ औँ शताव्दीमा पनि मानिसलाई खोरभित्र थुनेर राखेको छ भन्दा हामीलार्ई पत्याउन गाह्रो भयो ’ नगरप्रमुख बुढाथोकीले भन्नुभयो —‘ यो जानकारी प्राप्त हुन साथ नगर उपप्रमुख ज्युको नेतृत्वमा टोली उनको घरमा पुग्यो र तत्काल खोरबाट बाहिर निकाल्ने काम गर्यो ।’ नगरपालिकाले तत्काल उनलाई ५ हजार रुपैयाँ आर्थिक सहयोग र अपाङ्ताको प्रमाण पत्र प्रदान गदैं थप सहयोग गरिरहेको थियो ।

‘राईले खानपिन खोरभित्रै गर्ने, दिसापिसाव समेत त्यही गर्ने र उहाँको अवस्था खोरभित्र अत्यन्तै कहाली लाग्दो थियो ’उपप्रमुख उप्रेतीले भन्नुभयो— ‘ तत्काल उहाँलाई खोरबाट बाहिर निकाल्ने काम गरियो र थप उपचारकालागि बाहिर पठाउने निर्णय गरेर उपचारका लागि चितवन पठार्यौँ ।’ नगरपालिकाले उनको उपचार समेत गर्ने गरी २०७९ साल पौष १ गते बसेको कार्यपालिकाको बैठकले उनको उपचारमा सहयोग पुग्ने गरी एकलाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय समेत गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो ।

उपचारका लागि नगरपालिकाकोतर्फबाट चितवनको खैरहनी नगरपालिका ११ गैंडाहामा रहेको ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रिसँग कुराकानी गरीएको उहाँको भनाई छ । शुक्रबार ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रिकका पिता भनेर चिनिनुहुने डाक्टर गिरीराज भन्तानालगायतको टोली नगरपालिका आइपुगेको थियो । डाक्टर भन्ताना नशा, मानशिक लागूपदार्थ तथा छारेरोग विशेषज्ञ हुनुहुन्छ ।

नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, धनकुमार राईले परिवारले उपचारकालागि टोलीको जिम्मा लगाएर पठाएको हो । नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले आफै गाडीमा चढाएर शीघ्र स्वास्थ्य लाभको कामनासहित राईलाई विदाई गर्नुभएको थियो ।

डाक्टर भन्तानाका अनुसार देशभरबाटै पहिलो पटक मेचीनगर नगरपालिकाले आफ्नो नगरवासीको उद्घार गरी उपचारकालागि पठाएको हो । छ महिनाभित्रमा राईको स्वास्थ्य ठीक हुने र सामान्य जीवन यापन गर्न सक्ने उहाँको भनाई छ । ‘ ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रिक ब्युटिफुल माइन्ड रिहाबिलिटेशन सेन्टर यो नितान्त मानसिश रोगी तथा लागु तथा मादकपदार्थ दुव्यर्सनीहरुको उपचार गछौँ ’ डाक्टर भन्तानाले भन्नुभयो—‘ जस्लाई समाजले पनि उपेक्षा गरेको छ, उनीहरुको विभिन्न औषधिबाट उपचार गछौैँ, थेरापी गछौँ र आवश्कता अनुसार सीप सिकाउने र स्वरोजगार बनाउने प्रक्रियामा जान्छौ ।’

ब्युटिफुल माइण्ड इन्स्टिच्यूट अफ साइकियाट्रिक ब्युटिफुल माइन्ड रिहाबिलिटेशन सेन्टर मानसिश रोगी तथा लागुपदार्थ दुव्यर्सनीहरुको उपचार र पुनःस्थापना गर्ने हेतुले २०७४ सालमा स्थापन भएको हो । यस सेन्टरमा २४ सैघण्टा बाह्य तथा आन्तरिक सेवा सवभाग सञ्चालित रहेको डाक्टर भन्तानाले जानकारी दिनुभयो । सेन्टरको प्रभावकारी सञ्चालनमा आवश्यक नर्सिङ स्टाफ, पारामेडिक्स स्टाफ र अन्य सेवा सम्बन्धि कर्मचारीहरु कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.