सोमबार , पौष २० , २०७७
१९ पुस, काठमाडौं । आवश्यक परे तत्कालै बन्द गर्न पाउने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई सबै क्षेत्रहरु खुल्ला गरिएको छ ।
आइतबार बसेको कोभिड रोकथामसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी ) को बैठकले विद्यालय लगायतका सबै क्षेत्रहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो ।यो निर्णयसँगै कोरोना महामारीका कारण २०७६ चैतदेखि बन्द भएका शैक्षिक संस्था र मनोरञ्जनका क्षेत्रहरु अब सञ्चालन गर्न पाइने भएको छ ।
हालका लागि विद्यालय र मनोरञ्जनका क्षेत्रहरु खोल्न दिने निर्णय भएता पनि कोरोनाको दोस्रो लहरको जोखिम देखिएमा जिल्ला तहबाटै बन्द गर्न सकिने सीसीसीएमसीको निर्णयमा उल्लेख छ ।

























