झापाका प्रजिअ तथा सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया

A notice in Nepali from Mechinagar Ward No. 10

१८ माघ, बिर्तामोड : झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न नागरिक समाज र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
बुधबार बिर्तामोडमा आयोजित एक अन्तरक्रियामा बोल्दै प्रजिअ पोखरेलले सरकार, नागरिक समाज र निजी क्षेत्रको समन्वय राम्रो भएमा सुशासनको अवस्था मजबुत हुने बताए । संवाद समूह झापाको संयोजनमा भएको अन्तरक्रियामा प्रजिअ पोखरेलले झापामा रेलवे प्रभावितहरुको मुआब्जाको समस्या, चिया क्षेत्रको समस्या, मेची प्रादेशिक अस्पतालको सेवा सुधार लगायतका जिल्लाका मुख्य समस्यामा आफू गम्भीर रहेको र समाधानका लागि अधिकतम् पहल गर्ने बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी रुद्र न्यौपानेले जिल्ला प्रशासनको सूचना संयन्त्रमा सुधार गर्ने, बजार अनुगमनलाई प्रभावकारी बनाउने बताउँदै लागूऔषध, मिटरब्याजी, वैदेशिक रोजगारीमा हुने ठगी लगायतका विषयमा बताएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल नेपाल २ नं. गण झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक तुलसीराम प्रसाईंले जिल्लामा नागरिक समाज र सञ्चार क्षेत्रसँग समन्वय गरेर काम गर्ने बताए ।
त्यसैक्रममा संवाद समूहका सदस्यहरु राप्रपा झापाका अध्यक्ष केशवप्रसाद ओझा, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने सरु, जसपा झापाकी उपाध्यक्ष संगीता रौनियार, रेडक्रस झापाका सभापति लोकराज ढकाल, एबीसी नेपालकी जिल्ला अध्यक्ष कञ्चना ढकाल लगायतले जिल्लामा संवाद समूहले गरिरहेको काम, अभ्यास र संवाद संस्कृतिको बारेमा बताएका थिए । उनीहरुले जिल्लाका समसायिक सवालका बारेमा समेत कुरा राखेका थिए ।
पत्रकारहरु दिपीन राई, सावित्रा दाहाल, मुक्ति पौडेल, इन्द्रसिंह राजवंशी, लीला अनमोल, विनोद पाण्डे लगायतले विभिन्न सुझाव राखेका थिए ।
प्रजिअ पोखरेलसहित झापामा विभागीय जिम्मेवारी सम्हाल्न भर्खरै आएका सुरक्षा निकायका प्रमुखहरुलाई स्वागत सम्मानसहित कार्यकाल सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.