सीता दाहाललाई उपचारका लागि मुम्बई लगियो

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ — नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । उनलाई सोमबार बिहान ११ : २० बजेको नेपाल एयरलाइन्सको विमानबाट दिल्ली लगिएको हो ।

काठमाडौंबाट मुम्बईका लागि सिधा उडान नभएकाले दिल्ली हुँदै उनलाई मुम्बई लगिँदैछ ।

सीताको उपचारका लागि अध्यक्ष दाहाल र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सीताको उपचार न्युरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युट, मुम्बईमा हुन छ ।

सीता दाहाल लामो समयदेखि वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित छिन् ।

गत बुधबार उनको स्वास्थ्यमा थप समस्था देखिएपछि उनलाई मेडिसिटी अस्पतालमा उपचार गरिएको थियो । यसअघि सीताको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.