शिवसताक्षीमा सवारी दुर्घटना हुँदा २ को मृत्यु

A notice in Nepali from Mechinagar Ward No. 10

२० माघ, शिवसताक्षी : झापाको शिवसताक्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुइवटा ट्रक एकआपसमा ठक्कर भएको थियो ।

पुर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा शुक्रबार विहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । पश्चिम बाट पुर्व जादै गरेको ना ६ ख ८८९५ नम्वरको मालवाहक ट्रक लाई सोहि दिशातर्फ जादै गरेकोे ना ३ ख ८३११ नम्वर ट्रकले ठक्कर दिइएको जनाइएको छ।

ठक्कर दिने ट्रकका चालक ईटहरी उपमहानगरपालिका बकलौरी निवासी वर्ष ३५ का मदन चौधरीको र पहिचान नखुलेका सह चालकको घटना स्थलमै मृत्यु भएको हो ।

दुर्घटना बाक्लो हुस्सुका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.