शिक्षाविद् घिमिरेलाई इटहरीमा गरियो नागरिक अभिनन्दन 

A notice in Nepali from Mechinagar Ward No. 10

२७ माघ, इटहरी :  लामो समयदेखि शैक्षिक तथा सामाजिक क्षेत्रमा विशेष योगदान पुर्याउदै आएका शिक्षासेवी तथा साहित्यकार, सम्पादक लेखनाथ घिमिरेलाई शुक्रबार नागरिक अभिनन्दन गरिएको छ । ७७ वर्षको जन्मदिनको अवसरमा उनकै कदको उचाइ बराबरको ताम्रपत्रसहित अभिनन्दन गरिएको हो ।

इटहरी–४ स्थित उनको घरबाट रथयात्रा सुरु गरी जनता स्कुलको खेल मैदानमा भव्य कार्यक्रमका बिच अभिन्न्दन गरिएको अभिनन्दन मुल समारोह समितिका अध्यक्ष अनिल पौडेलले जानकारी दिए ।

सो अवसरमा अभिनन्दन ग्रन्थ पनि सार्वजनिक गरिएको छ । ५ सय ७२ पृष्ठको सो अभिनन्दन ग्रन्थमा एक सय २७ लेखकका लेखसहित विविध सामग्री संलग्न गरिएका छन् ।

अभिनन्दन कार्यक्रमको लागि इटहरीका विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।

कार्यक्रममा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियालगायत नेपाल तथा भारतबाटसमेत साहित्यकार, शिक्षासेवीहरुको सहभागिता रहेको थियो ।

अभिनन्दन पत्रमा छन्द कविता समावेश गरिएको थियो । प्रल्हाद पहरेदारलगायत तीन जनाको समुहले उक्त पत्र तयार पारेको थियो ।

कार्यक्रमको सञ्चालन सागर भट्टराईले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.