कोरोना भाइरसका कारण स्थगित बी डिभिजन लिग सुचारु हुने

पाँच खेलाडी सब्सिच्युट गर्न पाइने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । गत वर्ष कोरोना भाइरसका कारण बीचैमा स्थगित भएको बी डिभिजन लिग आगामी फागुन ११ देखि सुचारु हुँदैछ ।

आगामी फागुन दोस्रो सातादेखि सुचारू हुन लागेको सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पाँच जना खेलाडी सब्सिच्युट गर्न पाइने भएको छ।

कोरोना भाइरसका कारण फिफाले गत वर्ष पाँच खेलाडी सब्सिच्युट गर्न पाइने नियम बनाएको थियो। यो नियम युरोपका लिगहरूमा लागू भएको  थियो। नेपालमा भने पहिलो पटक नियम लागू गर्न लागिएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत मार्च १८ मा स्थगित गरिएको लिगको खेल तालिका छिटै प्रकाशित गर्ने जनाएको छ।

बी डिभिजन लिगको म्याच नम्बर ३३ देखि ६६ सम्मको खेल हुन बाँकी छ।

एन्फाले सोमबार बी डिभिजन सुचारु गर्नका लागि क्लबहरुसँग छलफल गरेको थियो।

छलफलमा बी डिभिजन क्लबका प्रतिनिधिसहित एन्फाका केन्द्रीय सदस्य रमेश रायमाझी र प्रतियोगिता निर्देशक सञ्जिव मिश्रको सहभागिता थियो।

छलफलमा नयाँ नियमका साथै थप पाँच खेलाडीको नाम दर्ता पाइने सहमती भएको छ।

अब दर्ता खेलाडीको संख्या ३५ बाट ४० मा पुर्‍याइएको छ। यस्तै टिमले दुई जनालाई स्वास्थ्य अफिसयलको रुपमा राख्न पाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.