प्रहरीले बरामद गरेको एक करोड ४७ लाख ८६ हजार रकम ,सम्पत्ति शुद्धीकरण विभाग पठाउने

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ । विशेष सुराकीको आधारमा महानगरीय प्रहरीले नागढुंगाबाट खटिएको टोलीले सोमबार बिहान साढे ४ बजे काठमाडौंको नागढुंगाबाट स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ ग¥यो ।

चेकजाँचको क्रममा प्रदेश ३ -०१ ०२३ च २२५९ नम्बरको हुन्डाई सिल्भर रंगको कारमा लुकाई छिपाई ल्याइएको एक करोड ४७ लाख ८६ हजार बरामद गरेको छ।

उक्त रकम भारत गोरखपुर घण्टाघर घर बताउने ३० वर्षीय अमितकुमार गुप्ताको हो।

त्यस्तै, प्रहरीले कारका चालक कपिलवस्तु बाँडगंगा नगरपालिका-४ का २२ वर्षीय संगम थारुलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टका अनुसार उनीहरूले काठमाडौं आउनका लागि एक अटोमोबाइल्सबाट कार भाडामा लिएका थिए।

उक्त रकम उनीहरूले तीन वटा झोलामा राखेका थिए। कारको डिक्कीमा रहेको टायरमुनि र कारको विभिन्न भागमा सो झोला लुकाएर ल्याएका थिए।

‘उनीहरूले कार भाडामा ल्याएका थिए। यसमा चालकको पनि संलग्नता देखिन्छ। गाडीका विभिन्न भागमा लुकाएरै ल्याएका रहेछन्। त्यसैले चालकको पनि दोष देखिन्छ,’डिएसपी विष्टले भने,’उनीहरूबारे थप विवरण बुझ्न कपिलवस्तु प्रहरीलाई आग्रह गरेका छौं।’

परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहका अनुसार गाडी कपिलवस्तुबाट आएको थियो।

‘अहिले नै के प्रयोजनका ल्याइएको हो भन्ने खुलेको छैन। हुन्डी कारोबार वा सुन ओसारपसार गर्न ल्याएको पनि हुन सक्छ,’परिसरका आयोजित पत्रकार सम्मलेनमा उनले भने।

उनीहरूमाथि थप अनुसन्धान गर्न परिसरले सम्पत्ति शुद्धीकरण विभाग पठाउने तयारी गरेको छ।

(समाचार : विभिन्न संचार माध्यमहरुबाट )

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.