४ चैत्र, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पसमा स्थगित भएको स्ववियू निर्वाचन चैत १० गतेभित्र गराउने सहमति भएको छ ।
आज क्याम्पस सञ्चालक समिति, निर्वाचन समिति, क्याम्पस प्रशासन र राजनीतिक दलहरुको नेतृत्वगणसँग बसेको सर्वपक्षीय बैठकले चैत १० गतेभित्र स्ववियू निर्वाचन गराउने सहमति भएको हो ।
क्याम्पस प्रशासन, निर्वाचन समिति र विद्यार्थीहरुको संघ/संगठनबीच भएको विवादका कारण यही चैत ५ गते हुनु पर्ने स्ववियू निर्वाचन स्थगित भएको थियो ।
शनिबार बसेको सर्वपक्षीय बैठकले ८ वटा बुँदामा सहमतिसहित स्ववियू निर्वाचन गराउने निर्णय गरेको छ ।
क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले आज एक प्रेस विज्ञप्ति जारी गरेर निर्वाचनका कार्यक्रमहरुका विषयमा जानाकारी गराउनु भएको छ । विज्ञप्तिमा क्याम्पसमा लगाएको ताला खोल्न अनेरास्ववियूलाई आग्रह गर्ने, स्ववियू सभापति सुरज सुवेदीलाई सर्वसम्मत समिति घोषणा गर्न समन्वयकारी भूमिका खेल्ने, शिक्षा संकाय दोस्रो वर्षमा अध्ययनरत छात्र सन्तोष धमला र शिक्षा संकाय चौँथो वर्षमा अध्ययनरत छात्र सन्देश पौडेलको कारबाही फिर्ता गर्न क्याम्पस प्रशासनलाई आग्रह गर्ने, सर्वसम्मत समिति घोषणा नभए चैत १० गतेभित्र निर्वाचन गर्न समन्वय समितिले नयाँ मिति सिफारिस गर्ने र सोही अनुसार निर्वाचनका कार्यक्रम गर्ने उल्लेख छ ।
त्यस्तै स्ववियू निर्वाचनको प्रक्रियाकै शिलशिलामा क्याम्पस सञ्चालक समितिबाट राजिनामा दिनुभएका दुर्गाप्रसाद सापकोटा र रचना घिमिरेलाई निर्वाचन अघि बढाउन सहमति भएकोले राजिनामा फिर्ता लिन उहाँहरुसँग अनुरोध गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।
सहमति लगत्तै सर्वसम्मत स्ववियु गठनको लागि गरिएको प्रयास विफल भएको र एक एर्काबीच स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति भएको र विद्याथी संघ/संगठनहरुको सर्वपक्षीय बैठकबाट यही चैत्र १० गते स्ववियु निर्वाचन गर्न निर्वाचन समिति समक्ष अनुरोध गर्ने सर्वसम्मत निर्णय भएको काँकरभिट्टा बहुमुखी क्याम्पसका वर्तमान स्ववियु सभापति सुरज सुवेदीले बताउनु भयो ।
आज बसेको बैठकमा नेपाली काँग्रेसको तर्फबाट क्षेत्रिय सभापति इन्द्रबहादुर बुडाथोकी, क्षेत्रिय सचिव सुरेन्द्र बुडाथोकी, नगर सभापति सुदय पनेरु र नगर कोषाध्यक्ष भूमि पौंडेल सहभागी हुनुहुन्थ्यो, नेकपा एमालेको तर्फबाट राजु कार्की र टिकाराम मगराती सहभागी हुनुहुन्थ्यो, नेकपा एसको तर्फबाट शंकर थापा, वि.पी. भट्टराई, मिलन राई सहभागी हुनुहुन्थ्यो, राप्रपाबाट विशाल वास्तोला, होम विष्ट र दिवाकर काफ्ले सहभागी हुनुहुन्थ्यो, जसपाबाट ओमप्रकाश खापुङ्गको सहभागिता रहेको थियो । काँकरभिट्टा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको तर्फबाट सभापति सुरज सुवेदी, सदस्यहरु कौशल उप्रेती र भरत चम्लागाईंको सहभागिता रहेको थियो ।
सञ्चालक समितिका अध्यक्ष कमल थापा क्षेत्रीको अध्यक्षतामा भएको बैंठकमा सञ्चलाकहरु भगिरथ भण्डारी, त्रिवि प्रतिनिधि एवम् संचालक नेत्र नेपाल, संचालक पनिता ढकाल, संचालक हरिप्रसाद तिम्सिना र संचालक हरिप्रसाद न्यौपानेको सहभागिता रहेका थियो भने । सहायक क्याम्पस प्रमुख बासुदेव कोइराला, निर्वाचन समिति संयोजक हेमकुमार खड्का, सदस्यहरु दुर्गाबहादुर लुइटेल, फाल्गुनी दाहाल र जमुना ढुङ्गाना साथै निर्वाचन समितिको सहयोगी कर्मचारी शेरबहादुर बस्नेतको सहभागिता रहेको थियो भने बैठकको सहजीकरण क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रतीले गर्नुभएको थियो ।
हेर्नुहोस् प्रेस विज्ञप्ति :


























