कानूनी रुपमा नेकपा फुटेको छैन : वरिष्ठ नेता वामदेव गौतम

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमले  आफू प्रधानमन्त्री केपी शर्मा ओली र  प्रचण्ड – नेपाल  दुवै पक्षमा नभएको उल्लेख  गर्नुभएको छ ।

राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभाका सदस्यसमेत रहनुभएका गौतमले  आन्तरिक द्वन्द जुनै पार्टीमा हुन्छ , यदि पार्टी  फुट्नु  थियो भने  पहिला किन एकिकरण गरेको भनेर आफ्नो  धारणा राख्नु भयो । अझै  पनि नेकपा पार्टी  कानूनी रुपमा नफुटेको गौतमले  बताउनुभयो ।

गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै  ‘पार्टी जोगाउनको लागि उहाँको निम्ति अवसर थियो, त्याग गर्न सक्नुपर्थ्याे । त्यो ठाउँमा म भएको भए अविश्वासको दर्ता गर्नुअघि राजीनामा दिन्थेँ । त्यसले पार्टी एकता जोगिन्थ्यो र इतिहासमा एउटा राम्रो उदाहरण पनि लेखिन्थ्यो’, भन्नुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफूले ४३ वर्षदेखि सङ्गत गरेको र एउटा गतिलो मित्र मान्ने गरेको तर अहिले यति ठूलो निर्णय गर्दा ओलीले आफूलाई एक पटक पनि नसोधेकोमा गौतमले दुखेसो पोख्नुभयो ।

‘अहिले प्रतिनिधि सभा विघटन गर्दा मलाई एक पटक पनि सोध्नुभएन । यो निर्णय हुँदैछ भनेर मलाई थाहा थिएन’, गौतमले भन्नुभयो, ‘मलाई अविश्वासद्वारा बर्खास्त गर्ने काम गर्नुभयो भने दुर्भाग्य हुनेवाला छ भनेर पटक–पटक चेतावनी दिनुभएको थियो, आखिरमा उहाँले त्यो गरि छाड्नुभयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.