काँकरभिट्टा बहुमुखी क्याम्पस : स्ववियु निर्वाचनको सम्पूर्ण तयारी पुरा

A notice in Nepali from Mechinagar Ward No. 10

९ चैत्र, काँकरभिट्टा : काँकरभिट्टा बहुमुखी क्याम्पसको यही चैत्र १० गते शुक्रबार(भोलि) हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको सम्पूण तयारी पुरा भएको छ । गत चैत्र ५ गतेको स्थगित भएको स्ववियु निर्वाचन त्रिभूवन विश्वविद्यालयले देशै भरका सम्पूर्ण आंगिक एवम् सम्बन्धन प्राप्त सामुदायिक क्याम्पसहरुमा एकै पटक निर्वाचन गर्ने निर्णय गेता पनि यस क्याम्पसमा विद्यार्थी संगठनहरुको विवादले निर्वाचन स्थगित भएको थियो ।शुक्रबार बिहान ८ः०० बजेबाट साँझ ४ः०० बजे सम्म मतदान हुने निर्वाचन समितिका संयोजक हेमकुमार खडेकाले बताउनु भयो ।
कुल ६१६ जना मतदाता रहेको स्ववियु निर्वाचनको लागि मतदानमा सहज होस भन्नका लागि २ वटा केन्द्र स्थापना गरिएको र क्र.सं ०१ देखि ३०० सम्म मतदान केन्द्र क मा र क्र.सं ३०१ देखि ३१६ सम्म मतदान केन्द्र ख मा मतदान हुने निर्वाचन समिति सदस्य दुर्गाबहादुर लुइटेलले जानकारी दिनु भयो ।त्यस्तै निर्वाचन प्रयोजनका लागि दर्ता भएका ५ वटा संघ/संगठन/समूहबाट ४/४ जनाको दरले बुथ प्रतिनिधिको व्यवस्था गरिएको निर्वाचन समिति सचिव लम्बोदर पौडेलले जानकारी दिनु भयो ।
यसै बीच निर्वाचन समितिले क्याम्पस परिसरलाई मतदान स्थलको रुपमा घोषण गरेको र मतदान परिसरमा निर्वाचन समितिका पदाधिकारी, क्याम्पसमा कार्यरत प्राध्यापक–कर्मचारी बाहेक संचालक समितिका पदाधिकारी, जनप्रतिनिधिहरु, पत्रकारहरु, वर्तमान स्ववियुका पदाधिकारीहरु र स्थानीय राजनीतिक दलका १/१ जना प्रमुख एवम् प्रतिनिधिहरुलाई पर्यवेक्षकका रुपमा प्रवेश पत्रको व्यवस्था गरिएको हुँदा वहाँहरुले निर्वाचन समितिले तोकेको स्थानबाट मात्र सुपरिवेक्षण एवम् अवलोकन गर्न पाउनु हुने निर्वाचन समितिका संयोजक  खड्काले बताउनु भयो ।
यस निर्वाचनले प्रत्यक्ष तर्फ ८ जना र समानुपातिक तर्फ ७ जना गरी कुल १५ सदस्यीय स्ववियु गठन गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.