इलाममा “इलाम साहित्य महोत्सव” हुने

A notice in Nepali from Mechinagar Ward No. 10

१६ चैत्र, इलाम : जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले इलाममा ‘इलाम साहित्य महोत्सव’ आयोजना हुने भएको छ। पर्यटनका लागि साहित्य भन्ने नाराका साथ आगामी चैत २६ र २७ गते आयोजना गर्न लागिएको छ।

इलाम नगर साहित्य कला प्रतिष्ठानको र इलाम साहित्य समाजले महोत्सव आयोजना गर्न लागेको हो। बिहीबार पत्रकार सम्मेलन गर्दै नेपाल र भारतका डेढ सय साहित्यकारो सहभागिता रहने समाजका अध्यक्ष सुरेन्द्र राईले जानकारी दिनुभयो।

महोत्सवमा नेपालका झापा, मोरङ, चितवन, हेटौंडा, काठमाडौं, पोखरालगायतका स्थानका साहित्यकारसहित भारतको सिक्किम, कालिङपुङ, दार्जिलिङ, कोलकत्ता, झारखण्ड, सिलगुडीका  साहित्यकारको सहभागीता नगर कला साहित्य प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले बताउनुभयो।

महोत्सवमा कवितामा स्थानीय चेत, कला र आदिबासी सौन्दर्य चेतना, महाभारादेखि टिष्टासम्म, समावेशी लेखन, नेपालको पर्यटनमा पूर्वेली भाषा, कोशी प्रदेश कहिले बन्छ एक नम्बर प्रदेश लगायतका विषयमा छलफल हुने थाम्सुहाङले जानकारी दिनुभयो।

२०७६ मा साहित्य महोत्वस आयोजना गरिएको थियो। तर कोभिडका कारण अघिल्ला वर्षमा महोत्सव आयोजना गर्न नसकिए पनि यो वर्षदेखि महोत्सवलाई निरन्तरता दिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.