मेचीनगर लेडी जेसीजद्वारा आयोजित निशुल्क स्वस्थ्य शिविरमा २९१ जनाले स्वास्थ्य जाँच गराए

A notice in Nepali from Mechinagar Ward No. 10

२५ चैत्र, मेचीनगर : मेचीनगर लेडी जेसीजद्वारा आयोजित निशुल्क स्वस्थ्य शिविरमा शनिबार दुई सय एकानब्बे जनाले लाभ लिनुभएको छ । मेचिनगर ७ स्थित जोर्सिमल कृषि सहकारी संस्थाको सभाहलमा आयोजना भएको निःशुल्क आँखा शिविर र निशुल्क क्यान्सर स्कृनिङ तथा पाठेघरको जाँच कार्यक्रममा मेचिनगरका विभिन्न वडा बाट आएका सर्वसाधारण हरुले अफ्नो आखा र पाठेघरकाे जाँच गराउनुभएको थियो । .

जसमा दुई सय एघार जना ले आँखा जाँच गराउनु भएको थियो भने उहाहरु मध्ये ४९ जनामा मोतिया बिन्दुको समस्या देखिएको थियो । काकडभिट्टा आइ केयर सेन्टरको प्राविधिक सहयोग रहेको शिविरमा समस्या देखिएका हरुको निसुल्क सल्यक्रिया गरिने जानकारी गराइएको छ । त्यस्तै क्यान्सर स्कृनिङ तथा पाठेघरको जाच कार्यक्रम्मा ८० बढीले जाच हराउनुभएको छ । उहाहरु मध्ये ७० जनामा पाठेघर को मुखमा घाउ भएको, आङ खस्ने जस्ता समस्या देखा परेको थियो ।

यसका लागि बरिस्ठ स्त्रीरोग बिसेसज्ञ पृयन्का कटुवालफे प्राविधिक सहयोग गर्नु भएको । मेचीनगर लेडी जेसीजकि अध्यक्ष रश्मि थापाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा वडा नम्बर ७ का वडा अध्यक्ष प्रलाद ओलि रहनुभएको थियो म ।

कार्यक्रममा सङ्स्थापक अध्यक्ष कविता शर्मा,धुलाबारी जेसिज का अध्यक्ष योगेश राज्बन्शी स्त्री रोग बिसेसज्ञ प्रियन्का कटुवाल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । तालिम सम्योकजक सर्मिला तिम्सिनाले आस्था वाचन गर्नुभएको कार्यक्रममा स्वागत शान्ति पराजुली र सञ्चालन माहासचिव सबिता पोख्रेलले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.