सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल

A notice in Nepali from Mechinagar Ward No. 10

८ वैशाख, काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ । शुक्रबार प्रधानमन्त्रीको सिंहदरबारस्थित कार्यकक्षमा प्रचण्ड र ओलीबीच छलफल भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रचण्ड र ओलीबीच संवैधानिक नियुक्ति र संवैधानिक परिषद बैठकबारे छलफल भएको हो ।

प्रधानन्यायाधीश नियुक्तिका लागि बुधाबर संवैधानिक परिषदको बैठक बसेको थियो । उक्त बैठकमा प्रधानन्याधीशको नाम सिफारिस गर्नेबारे सहमति हुन सकेको थिएन। उक्त बैठकमा एमाले अध्यक्ष ओलीले केही विषयमा असहमति जनाउँदा निर्णय नभएको बताइएको थियो ।

परिषदको अर्को बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डले ओलीसँग एक्लै छलफल गरेका हुन् । प्रमुख प्रतिपक्ष दलका नेता पनि संवैधानिक परिषदको सदस्य हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.