नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला

A notice in Nepali from Mechinagar Ward No. 10

बिर्तामोड : नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको अध्यक्षमा युवराज निरौला निर्वाचित भएका छन् ।
नगर कमिटिको आज सोमबार बिर्तामोड स्थित अतिथि सदनमा भएको दोस्रो नगर अधिवेशनबाट अध्यक्षमा युवा व्यवसायी निरौला सर्वसम्मत चयन भएका हुन् ।
निरौला अघिल्लो कार्यकालमा नगर कमिटिको उपाध्यक्ष रहेका थिए । उनी लामो समयदेखि बिर्तामोडमा व्यवसाय गर्दै आएका छन् ।
त्यस्तै नगर कमिटिको उपाध्यक्षमाद्धय गोमा भट्टराई र उपेन्द्र बानिंया, सचिवमा केदार खनाल, सह–सचिवमाद्धय किरण पौडेल र कृष्णप्रसाद अधिकारी , कोषध्यक्षमा अमित बुढाथोकी चयन भएका छन् ।
दुई वर्षे कार्यकाल रहने नगर कमिटीको अधिवेशनले कमिटिको सदस्यहरुमा तुलसी भण्डारी, मिना कट्टेल, माधव खरेल, सन्तोष उप्रेती, तुलसी पाठक, संजय शाह, शेखर दाहाल, इश्वर प्याकुरेल, हरि राजवंशी, गणेश कोइराला, राजन निरौला(युवराज) , युवराज गौतम, छविलाल नेपाल, कमला गौतम, शुस्मा गौतम चयन गरेको छ ।
अन्य ९ जना सदस्य कार्य समितिले मनोनित गर्ने व्यवस्था रहेको बिर्तामोड नगर कमिटि संयोजक नारायण चिमरियाले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभाका सदस्य तथा महासंघका अध्यक्ष लालप्रसाद (एलपी) साँवाले अधिवेशनको उद्घाटन गरेका थिए ।
नगर कमिटी अध्यक्ष विवेक निरौलाको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा प्रमुख अतिथि सांवा, कोशी प्रदेशसभा सदस्य एकराज कार्की, महासंघका झापा अध्यक्ष प्रलादमणी ओली, महासंघको कोशी प्रदेश अध्यक्ष गणेश बस्नेत, महासंघको केन्द्रीय सदस्य तथा विर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली , विर्तामोड उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले शुभकामना मनतब्य राखेका थिए ।
उपाध्यक्ष युवराज निरौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव गोमा भट्टराईले गरेकी थिइन ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.