आज कोसी र मधेस प्रदेशमा अपराह्नपछि पानी पर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

११ वैशाख, काठमाडौँ: देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । वाग्मती प्रदेशलगायत विभिन्न भू–भागमा बिहानैबाट वर्षा भइरहेको हो । कोसी र मधेस प्रदेशमा भने आज बिहान वर्षाको सम्भावना छैन ।

आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ । देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

“आज बिहान वर्षा नभए पनि कोसी र मधेस प्रदेशमा अपराह्नपछि वर्षाको सम्भावना रहेको छ । मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना छ,” मौसमविद् गोविन्दकुमार झाले भने, “पश्चिमबाट पूर्वतर्फ मौसमी प्रणाली सरिरहेकाले अपराह्नपछि मधेस र कोसी प्रदेशमा पनि वर्षा हुनेछ ।”

काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा भइरहे पनि केही समयपछि रोकिने तर पुनः वर्षा हुने सम्भावना रहेको छ । “केही समय वर्षा रोकिए पनि काठमााडौंमा साँझसम्म नै वर्षाको सम्भावना रहेको छ । केही समय रोकिने र केही समयमा वर्षा हुने क्रम चलिरहनेछ,” मौसमविद् झाले भने ।

विभागका अनुसार आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा आज हिमपातको पनि सम्भावना रहेको छ ।

आजको तुलनामा भोलि मौसम केही खुल्ने मौसमविद् झाको भनाइ छ । “आजभन्दा भोलि मौसम केही खुल्नेछ । भोलिभन्दा बुधबार मौसम सफा हुने देखिन्छ । तर, प्रि–मनसुनको सिजन भएकाले तत्काल अर्को प्रणाली विकास भएर मौसममा पुनः बदलाव पनि आउन सक्छ,” उनले भने ।

अहिले भारतको मध्य प्रदेशमा पश्चिमी न्यूनचापीय प्रणाली बनिरहेको छ । जसका कारण नेपालमा मौसममा बदली र वर्षा भइरहेको मौसमविद् झाको भनाइ छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.