रोकियो नेपाल र कुवेतबीचको खेल, नेपाल फाइनल पुग्ने लगभग पक्का

A notice in Nepali from Mechinagar Ward No. 10

१६ वैशाख, काठमाडौँ : एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको खेल पुनः पानी परेपछि रोकिएको छ । त्रिवि क्रिकेट मैदानमा जारी खेलको दोस्रो इनिङमा ८.३ ओभर खेल भइरहँदा खेल रोकिएको हो ।

नेपालले दिएको २ सय ८१ रनको लक्ष्य पछ्याएको कुवेतले ८ ओभरमा ६ विकेट गुमाएर ३७ रन मात्रै बनाएको छ । यदि पानी परेर डीएल मेथडमा खेलको नतिजा लिन परे कुवेतले २० ओभरमा १ सय ९४ रन बनाउनु पर्नेछ ।

कुवेतका ६ ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा नेपालका तीव्र गतिका बलर करण केसी एक्लैले पाँच विकेट लिए भने, सोमपाल कामीले एक विकेट लिए ।

यो खेलमा कुवेतलाई हराए नेपालले फाइनलमा यूएई अथवा ओमानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.