यूएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

A notice in Nepali from Mechinagar Ward No. 10

१९ वैशाख, काठमाडौँ :  ललित राजवंशीको चार विकेटप्रेरित नेपालले एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई एक सय १७ रनमा अल आउट गरेको छ।
त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर वर्षाका कारण टुङ्गिन नपाएको फाइनल आज ९ बजेदेखि हिजो रोकिएकै अवस्थाबाट सुरु भएको हो।

सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओरभमा एक सय ६ रन बनाएर ९ विकेट गुमाएको अवस्थामा पानी परेपछि बाँकी खेल हुन सकेन ।

आज सोही स्थानबाट इनिङ्स अगाडि बढाईएको खेलमा यूएई ३३.१ ओभरमा अलआउट हुनु अघि एक सय १७ रनको योगफल तयार पार्न सफल भयो।

यूएईका लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्कासहित सर्वाधिक ४६ रन बनाए। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि ललितले ७.१ ओभरमा १४ रन खर्चिएर दुई मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, करण केसी र सन्दीप लामिछानेले दुई–दुई तथा गुल्शन झा र सोमपाल कामीले एक–एक विकेट लिए।

तस्वीरहरु: उमेश कार्की/नेपालप्रेसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.