Sunday, May 9, 2021
- बिज्ञापन -
गृह मुख्य समाचारइटहरीका अग्रज संगीतकर्मी राम धामीको निधन, शोकमा डुब्यो इटहरी

इटहरीका अग्रज संगीतकर्मी राम धामीको निधन, शोकमा डुब्यो इटहरी

इटहरी । इटहरी निवासी ५५ बर्षीय संगीतज्ञ धामीको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज साँझ ५ बजे निधन भएको छ ।

संगीत सधाना प्रतिष्ठान इटहरीका अध्यक्ष समेत रहेका धामी रेडियो नेपालका गायक तथा संगीतकार पनि हुन् । उनि १६ दिनअघि बिरामी भई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । प्रतिष्ठानमा उनको स्वास्थ्य जाँच गर्दा कोरोना पोजेटिभ रिर्पोट आएको थियो । उनलाई ५ दिनसम्म भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । निमोनिया समेत देखिएको धामीको पछिल्लो स्वास्थ्य रिर्पोटमा कोरोना नेगेटिभ आएको थियो ।
थारु भाषाका अब्बल गायकका रुपमा समेत परिचित उनले दर्जनौं गीतहरुमा संगीत भरेका छन् । शास्त्रीय संगीतका गुरु समेत रहेका उनको संगीतमा देशका सिद्धहस्ती गायक गायिकाहरुले गीत गाएको संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले बताए । उनका सृजनाहरु समाज परिर्वतन तर्फ बढी केन्द्रित हुने खालका छन् ।

उनले शिक्षा दिएका धेरै युवा युवतीहरु यतिबेला राम्रा गायक गायिका भएर नेपाली संगीत क्षेत्रमा छाइरहेका छन् । वरिष्ठ संगीतकार स्व.अमर गुरुगंलाई नागरिक तहबाट नेपालमै पहिलो पटक इटहरीमा रथारोहण गर्दा आयोजक समूहमा रहेर धामीले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले काठमाण्डौंमा पनि राम धामी एकल साँझ गरेका थिए । संगीतज्ञ धामीका २ छोरी र श्रीमती  छन् ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु