नेपालका पर्यटन व्यवसायी पर्यटन प्रवर्द्धन गर्न भारतको आसाममा

A notice in Nepali from Mechinagar Ward No. 10

१० जेठ, गुवाहाटी : नेपाल टुरिजम बोर्ड, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स संघ (नाट्टा) कोशी प्रदेशको नेतृत्वसहितको टोली भारतको असाम राज्यको गुहाटी सहर आइपुगेको छ ।

कोशी प्रदेशका पर्यटकिय स्थलहरूको प्रचार प्रसार गर्ने उदेश्यले नेपाल-भारत बीटुबी कार्यक्रम अन्तरगत टोली आज गुहाटी आइपुगेको हो ।

जेठ ८ गते भारत प्रस्थान गरेको १५ सदस्य टोलीले पश्चिम वंगालको सिलिगुडीमा कार्यक्रम सम्पन्न गरेर आज गुहाटीमा दोस्रो कार्यक्रम गरेको हो ।

कोशी प्रदेश तथा नेपालमा बढीभन्दा बढी भारतीय पर्यटक भित्र्याउन, भारतीय हरूलाई नेपाल घुम्न आउन प्रेरित गर्न कार्यक्रमको आयोजना गरिएको नाट्टा कोशीका अध्यक्ष उदय श्रेष्ठले बताउनु भयो ।

नेपाल टुरिजम बोर्डले हरेक वर्ष यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । यस पटक नाट्टा कोशी संघको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । यस पटकको कार्यक्रम विगतको भन्दा अझ बढी प्रभावकारी रहेको कार्यक्रमका अध्यक्ष तथा नेपाल टुरिजम बोर्डका सेल्स एण्ड मार्केटिङ म्यानेजर सूर्य थपलियाले बताउनु भयो ।

कार्यक्रम समग्र नेपालको पर्यटन क्षेत्र को बारेमा थपलियाले चर्चा गरेका थिए । कोशी प्रदेश को पर्यटन क्षेत्र को विषयमा नाटा कोशीका अध्यक्ष उदय श्रेष्ठ ले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

बीटुबी कार्यक्रममा नर्थ इष्ट रिजिनल डाइरेक्टर अनिल उराउ, मिनिस्टर अफ टुरिजम असिस्टेन्ट डाइरेक्टर ज्योतिरमय विश्वास, अपरेटर एसोसिएसन अफ असामका उपाध्यक्ष राजकुमार दासले मन्तव्य राख्नु भएको थियो।

जेठ १२ गते मेघालयको सिलोङमा कार्यक्रम आयोजना हुने नाट्टाका महासचिव नवीन खरेल ले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.