हाेटल व्यवसायी संघ मेचीनगरकाे प्रथम अधिवेशन सम्पन्न : हाेटललाई पर्यटनसँग जाेड्नुपर्ने काेशी प्रदेशसभा सदस्य तामाङकाे भनाई

A notice in Nepali from Mechinagar Ward No. 10

१३ जेठ, मेचीनगर : हाेटल व्यवसायी संघ मेचीनगरकाे प्रथम मेचीनगर अधिवेशनशनिवार सम्पन्न भएकाे छ ।
संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठको अध्यक्षतामा काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाकाे सभाहलमा प्रमुख अतिथि काेशी प्रदेश सभा सदस्य गाेपाल तामाङले उद्घाटन गर्नुभएकाे थियाे ।

उद्घाटन सत्रमा बाेल्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य तामाङले हाेटल व्यवसाय पर्टयनसँग जाेडिएकाे बताउँदैँ काेशी प्रदेश प्रचुर सम्भावना बाेकेका कारण याे प्रदेशलाई पर्यटनसँग जाेडेर व्यवसाय स्थापित गर्न सके देशनै समृद्ध बन्ने विश्वास व्यक्त गर्नुभयाे । हरेकले आ आफ्नाे व्यवसायलाई पर्यटक मैत्री बनाएर मैत्रीपूर्ण व्यवहार गर्न आग्रह गर्नुभयाे । हाेटल व्यवसायीहरूले व्यवसायलाई गन्तव्यका रूपमा बनाएर सुरक्षितरूपमा सेवा दिनुपर्ने प्रदेशसभा सदस्य तामाङले बताउनुभयाे ।

याे नाकाले आफ्नाे छुट्टै पहिचान बनाउनुपर्ने भन्दैँले यसमा आफुले आफ्नाे भूमिका निर्वाह गर्ने प्रमुख अतिथि तामाङले प्रतिवद्धता व्यक्त गर्नुभयाे । आन्तरिक पर्यटकलाई महत्वकारूपमा राखेर अघि बढ्नुपर्ने उहाँले बताउनुभयाे । हात्तीलाई पर्यटकसँग जाेड्न सके आन्तरिक एवम् वाह्य पर्यटक भित्र्याउन सकिने उहाँले विश्वास दिलाउनुभयाे ।

कार्यक्रमका सभापति एवम् संघका अध्यक्ष सुरेशकुमार श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे । देश विकासकाे मेरूदण्डकाे रूपमा रहेकाे हाेटल व्यवसाय व्यवसायमा मात्र सिमित नरहेर समुन्नत समाज र राष्ट्र निर्माणका लागि अति आवश्यक सेवामुखी सम्वेदनशिल व्यवसाय भएकाे प्रतिवेदनमा उल्लेख छ । काेभिड १९ का कारण थला परेकाे हाेटल व्यवसाय अझ‌ पनि पुरानै लयमा फर्काउन नसकेकाे अध्यक्ष श्रेष्ठको भनाई थियाे । मेचीनगर नगरपालिकाभित्र धार्मिकलगायत विभिन्न पर्यटकिय क्षेत्र रहे पनि पर्यटकलाई एकरात पनि नगरमा राख्न नसकिएकाे हुँदा यसतर्फ सवैजना लाग्नुपर्ने उहाँकाे भनाई थियाे ।

अध्यक्ष श्रेष्ठले आफ्ना व्यवसायलाई सम्मानका साथ उच्च राख्न सके पर्यटकहरूकाे संख्या बृद्धि भई व्यपार व्यवसायमा समेत बृद्धि हुने विचार राख्नुभयाे । नगरका उद्योगी व्यवसायीकाे व्यवसाय पुरानै लयमा फर्के राेजगारकाे अवस्था सिर्जना हुने र हाेटल व्यवसायीहरूकाे जीवनस्तर बढ्न गई समुन्नत राष्ट्रकाे विकाशमा टेवा पुग्ने श्रेष्ठकाे प्रतिवेदनमा उल्लेख छ । काेभिडका बखत नेपालमात्र नभएर विश्व नै आर्थिक मन्दीमा गुज्रिरहेकाे अवस्थामा यात्रु आवतजावतमा नाकामा हजाराैँ कठिनाई र समस्याका कारण यहाँकाे व्यवसाय घटेकाे र लामाे समय काेभिडबाट थलिएकाे हाेटल व्यवसाय आज आएर फेरि आर्थिक मन्दी र बैकिङ्ग व्याजले उठ्नै नसक्ने गरि संकटमा परेकाे उहाँकाे भनाई छ ।

याे संकटकाे घडीमा हाेटल व्यवसायीहरूकाे बैंक व्याजमा कटाैतिलगायत यसक्षेत्रकाे समस्यालाई अविलम्ब समाधानकालागि नेपाल सरकार तथा स्थानीय सरकारलाई पहल गरिदिन अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभयाे ।

प्रतिवेदनमा संघकाे विगत, वर्तमान र भविष्यका बारेमा स्पष्ट छ । संघकाे चुनाैतीलगायतका विषयलाई समेत प्रतिवेदनमा समेटिएकाे छ । भारतीय नम्वर प्लेटका सवारी साधनले साेझै सीमा पारी यात्रु लैजाने कामले नेपाली उद्योगी व्यवसाय मारमा पर्नु मुुख्य चुना‌ैती रहेकाे उल्लेख छ । हाम्रा व्यवसायलाई समय अनुसार परिवर्तन गर्न नसक्नु, प्रविधि मैत्री र यात्रु मैत्री बनाउन नसक्नु पनि चुनाैतीकाे रूपमा रहेकाे छ ।

कार्यक्रममा काेशी प्रदेश सभाका निवर्तमान प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली,मेचीनगर नगरपालिकाका निवर्तमान नगरप्रमुख विमल आचार्य, हाेटल व्यवसायी संघ चारआलीका संस्थापक अध्यक्ष भाेजराज पराजुली, मेचीनगर वडानम्वर ६ का वडध्यक्ष ललितबहादुर तामाङ , मेची उद्योग बाणिज्य संघ मेचीनगरका अध्यक्ष खेम प्रसाई, हाेटल व्यवसायी संघ झापाका सचिव शिव पाैडेललगायतले बाेल्नुभएकाे थियाे ।

नगरभित्र हाेटल सञ्चालन गरिरहेका व्यवसायीहरू सीता राई, लाेकमाया सुब्बा, मेखबहादुर पाैडेल, नरदेवी गुरूङ्ग, ज्ञानु लामा, रूदल साह, डाेमी शेर्पा, कमला सुब्बा, माईली तामाङ , सुनमाया तामाङ , रूक्मणि प्रधान, लगायतलाई दाेसल्लाले सम्मान गरियाे । संघका संस्थापक अध्यक्ष गाैरीलाल श्रेष्ठ, उपाध्यक्ष प्रेमनारायण श्रेष्ठ र काेषाध्यक्ष श्यामकुमार कार्की लाई मरणाेप्रान्त सम्मान प्रदान गरियाे । उहाँहरूकाे सम्मान क्रमस कुमारी प्रधान, दीलकुमारी श्रेष्ठ र दीपककुमार कार्कीले ग्रहण गर्नुभएकाे थियाे । प्रमुख अतिथि प्रदेशसभा सदस्य तामाङलगायतले सम्मान पत्र प्रदान गर्नुभएकाे थियाे । कार्यक्रममा संघलाई सहयाेग गर्ने संघ संस्था र व्यक्तिलाई समेत सम्मान पत्र प्रदान गरियाे ।

संघका सचिव हस्तकुमार तामाङले सञ्चालन गर्नुभएकाे उद्घाटन सत्रमा सहभागी सवैलाई संघका उपाध्यक्ष मानबहादुर गिरीले स्वागत गर्नुभएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.