झापामा बेसबल तथा सफ्टबल संघ गठन, अध्यक्षमा खेम

A notice in Nepali from Mechinagar Ward No. 10

१७ जेठ, भद्रपुर : झापामा पहिलो पटक जिल्लास्तरीय बेसबल तथा सफ्टबल संघ गठन भएको छ ।
भद्रपुरस्थित मेची रंगशाला परिसरमा रहेको भद्रपुर झापा गोल्डकपको सचिवालयमा भएको यस खेलसँग सम्बद्ध युवाहरुको भेलाले खेम अधिकारीको अध्यक्षतामा १२ सदस्यीय समिति चयन गरेको हो । संघको उपाध्यक्षमा विनित बाँस्तोला, महिला उपाध्यक्षमा चित्रकला दाहाल, सचिवमा पंकज सिग्देल र कोषाध्यक्षमा भीष्म दाहाल चयन भएका छन् भने सदस्यमा जिवेश ओली, गीता खड्का, अतीत खनाल, नविन श्रेष्ठ, रोहित राजवंशी, विपिन कार्की र दिलकुमार भूजेल चयन भएका छन् ।
संघका केन्द्रीय अध्यक्ष दिपक न्यौपानेको अध्यक्षतामा आयोजित भेलाको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारीले गरेका थिए ।
झापा जिल्ला खेलकुद विकास समितिका कराते प्रशिक्षक दुर्गाराज निरौलाले सञ्चालन गरेको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भण्डारीले खेलकुदले मात्रै विश्वमा देशको पहिचान स्थापित गर्ने बताउँदै सबैखामले खेललाई पेत्साहित गर्नुपर्ने बताए । उनले नवगठित समितिलाई बधाइ दिँदै बेसबल तथा सफ्टबलको खेल गतिविधिलाई तव्रिताका साथ अघि बढाउन आग्रह गरे ।
संघका कार्यकारी निर्देशक विवेक सुवेदीले स्वागत गरेको कार्यक्रममा अध्यक्ष न्यौपानेले खेलका बारेमा जानकारी दिँदै विश्वमा निकै लोकप्रिय यो खेललाई नेपालमा पनि लोकप्रिय बनाउन खेलका गतिविधिलाई अघि बढाउनुपर्ने उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.