Sunday, May 9, 2021
- बिज्ञापन -
गृह राष्ट्रियतराईमा बाक्लो हुस्सु र कुहिरो सहित विभिन्न चार प्रदेशमा बादल लाग्ने, :...

तराईमा बाक्लो हुस्सु र कुहिरो सहित विभिन्न चार प्रदेशमा बादल लाग्ने, : मौसमविद्

काठमाण्डाै ।  आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बादल लागेर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

अघिल्लो हप्ता देशभरको मौसम बद्ली भएर खुलेको केही दिनपछि फेरि मौसम बद्ली हुन लागेको हो । उल्लेख्य मौसमी प्रणाली नभए पनि स्थानीय वायु तथा पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बद्ली हुने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

यस्तै बिहानैबाट तराईका विभिन्न भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । तराईको कुहिरो भने दिउँसोपखबाट हट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईमा तत्काल शीतलहरको सम्भावना भने नरहेको मौसमविद् मानन्धरले बताउनुभयो । बाँकी भागको मौसम भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मौसममा हुने सामान्य परिवर्तनले देशका विभिन्न भागको न्यूनतम तापक्रम सामान्य घट्ने र तराईमा कुहिरो लाग्ने भएकोले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु