Sunday, May 9, 2021
- बिज्ञापन -
गृह अपराध / कानूनगायक प्रमोद खरेलको उजुरीमा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत प्रकाउ

गायक प्रमोद खरेलको उजुरीमा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत प्रकाउ

काठमाडौँ  । यस अघि पनि विभिन्न संगीतकर्मीहरुसँग विवादमा आइरहने विन्ध्यवासिनी म्युजिक प्रालिलाई फेरि अर्को आपद आइपरेको छ । प्रतिलिपि अधिकार उल्लंघन गरेको मुद्दामा विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी प्रकाउ परेकी छिन् । गायक प्रमोद खरेलले गत मंगलबार विन्ध्यवासिनीले आफ्नो प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै प्रहरीमा उजुरी गरेका थिए ।

विन्ध्यवासिनी म्युजिककी कार्यकारी अधिकृत लीना शर्मा रेग्मी र उनका श्रीमान् सुवास रेग्मी पक्राउ पुर्जी जारी भएपछि लीनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहले बताए । ‘कम्पनीमा पति सुवास र पत्नी लीना दुवैजना संग्लग्न हुनुहुन्छ । दुवै जनाविरुद्ध जाहेरी दर्ता भएको छ, पक्राउ पुर्जी जारी भएको छ,’ एसएसपी सिंहले भने,’सुवास अहिले स्याङ्जामा छन् । अब मुद्दाको अदालतले मुद्दाको फैसला गर्छ ।’

विन्ध्यवासिनीसँग सम्झौता गरेको करार समय सकिएपछि ‘प्रणय’ एल्बम फिर्ता माग्दा नदिएर फेसबुकमा तथानाम टिप्पणी गरेपछि आफूले प्रहरीमा उजुरी दिएको गायक प्रमोद खरेल बताउँछन् । ‘मैले एल्बम बीचबीचमा पनि माग्दै आएको थिएँ । तर कहिले समय नमिल्ने कहिले के नमिल्ने भयो । तर ७ महिनाअगाडि उहाँलाई भेटेरै एल्बमको सम्झौता सकियो, अब हिसाबकिताब गर्नुपर्‍यो भन्दा उहाँले फेसबुकमा मलाई गिराएर स्टाटस लेख्न थाल्नुभयो,’ खरेलले भने,’मिलेर अगाडि जाउँ भनेर छलफलको धेरै प्रयास गरें । उहाँले एल्बम दिने कुरा गर्नुभएन । फेसबुकमा लगातार गाली गर्नुभयो । त्यसैले बाध्य भएर कानुनी बाटो रोजें ।’

 

सम्बन्धित अन्य समाचारहरु

Leave a Reply

- बिज्ञापन -

लोकप्रिय समाचारहरु